पोखरामा श्रीमानको कुटपिटबाट श्रीमतिको ज्यान गयो

पोखरा, चैत १५ गते । पोखरामा आफनै श्रीमानको कुटपिटबाट श्रीमतिको ज्यान गएको छ । चैत १४ गते पोखरा महानगरपालिका २६ बरालडाँडा बस्ने वर्ष ४० की देवी जि.सी बि.क. लाई निजको श्रीमान वर्ष ४९ को देव बहादुर बि.क.ले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुुटपिटबाट टाउको र खुट्टामा चोट लागि घाईते भई विभिन्न अस्पतालमा उपचार पश्चात पुनःघरमानै लगी राखेकोमा आइतबार अचेत भई पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोलि खटि गई मृतकको श्रीमानलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

नवलपरासी पूर्व: सवारी दुर्घटनामा १ जनाको मृत्यु

मिति २०७७।१२।१४ गते, अन्दाजी २२:३० बजे, कावासोती नगरपालिका-१७ गोछाडा स्थित भित्री सडकखण्डमा पश्चिमबाट पूर्व गोछाडातर्फ जाँदै गरेको ना ५ ख ५८५२ नं.को बसमा सोही दिशातर्फ जाँदै गरेको लु ३८ प ६७९८ नं.को मोटरसाइकलले ठक्कर खाँदा मोटरसाइकलमा सवारकावासोती नगरपालिका-१७ बस्ने वर्ष २१ को देवेन्द्र महत्तो घाइते भइ उपचारको क्रममा ऐ.२३:४० बजे मृत्यु भएको, ऐ.ऐ.बस्ने वर्ष १८ को तेज नारायण महत्तो घाइते भइ उपचारको लागि सेन्ट्रल अस्पताल भरतपुर चितवन पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटिगइ थप अनुसन्धान भइरहेको ।

म्याग्दी: शव फेला परेको

मिति २०७७।१२।१५ गते, अन्दाजी १२:२५ बजे, जिल्ला म्याग्दी रघुगंगा गाँउपालिका-६ सिद्धथानको जङगलमा बेनी नगरपालिका-९ ढोलथान घर भएको एक महिना अगाडी देखि हराएको वर्ष ६१ को गम्भिर बि.क.सडिगलि सकेको अवस्थामा मृत फेला परेको, खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोलि खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा

मिति २०७७।१२।१५ गते, अन्दाजी०५:०० बजे, जिल्ला कास्की पोखरा महानगरपालिका-१७ छोरेपाटन स्थित प्रहरी चेकिङ टोलीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ८५५३ नं.को बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला तनहुँ फिरफिरे घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका-११ फुलबारी बस्ने वर्ष २७ को युवराज गुरुङलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट अबैध लागुऔषधनुरफिन थान-७२, फेनरागन थान-७२ र डाईजापाम थान-७२ गरी जम्मा २१६ थान फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

 

तनहुँ: सवारी दुर्घटना

मिति २०७७।१२।१५ गते, अन्दाजी १०:२५ बजे, जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका-४ पावरहाउस स्थित पृथ्विराजमार्गमा आँबुखैरेनीबाट मुग्लिन तर्फ जाँदै गरेको बा१४च ८२५५ नं.को कार आफै आनियन्त्रित भई सडकको दाहिने साईड नालिमा पल्टदा कारमा सवार जिल्ला बारा जितपुर -७ बस्ने वर्ष ६६ को कृष्णहरी काफ्ले घाईते भई उपचारको लागि हाडजोर्नी अस्पताल आँबुखैरेनी तर्फ पठाएको,अवस्था मध्यम, उक्त स्थानमा प्रहरी टोली खटिइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।

म्याग्दी: सवारी दुर्घटना

मिति २०७७।१२।१५ गते,जिल्ला म्याग्दी बेनी नगरपालिका-९ नेप्टेचौर स्थित बेनी पाखापानि भित्रि कच्चि सडक खण्डमा तोरीपानीबाट बेनी तर्फ आउदै गरेको ध२प ६७७ नं.को मोटरसाइकलले ऐ.बस्ने भिम परियारको छोरा वर्ष ७ को किरण परियारलाई ठक्कर दिँदा घाईते भई उपचारको लागि बेनी अस्पताल तर्फ पठाइएको, अवस्था मध्यम भन्ने खबर ऐ.०९:१५ बजेको समयमा प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटिइ चालक र मोटरसाइकल नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।

नवलपरासी पूर्व: सवारी दुर्घटना

मिती २०७७।१२।१५ गते, अन्दाजी ०५:०० बजे, हुप्सेकोट गाउँपालिका-४ तारेघाट स्थित कच्ची सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु १ ज ३८६४ नं.को बलेरो गाडी आफै अनियन्त्रित भई पल्टिदा निम्न स्थान बस्ने निम्न व्यक्तीहरु घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाइएको, घटनाका विषयमा थप हनुसन्धान भइरहेको ।

निम्नः-

१.हुप्सेकोट गाउँपालिका-२ बस्ने वर्ष २६ को रेशम सुनारी, अवस्था मध्यम,थप उपचारको लागि भरतपुर भरतपुर पठाइएको ।

२.ऐ.४ बस्ने वर्ष ३३ की निरमाया राना, अवस्था मध्यम ।

३.ऐ.बस्ने वर्ष १० की प्रमिसा सारु, अवस्था मध्यम ।

४.ऐ.बस्ने वर्ष ३८ को यम बहादुर सारु मगर,अवस्था मध्यम ।

५.ऐ.बस्ने वर्ष २६ की सुमित्रा सारु, अवस्था सामान्य ।

६.ऐ.बस्ने वर्ष १४ की लक्ष्मी सारु, अवस्था मध्यम ।

७.ऐ.१ बस्ने वर्ष ३२ की तिलमाया सारु, अवस्था सामान्य ।

८.जिल्ला चितवन भरतपुर महानगरपालिका-४ बस्ने वर्ष ४३ की चिनमाया मगर,अवस्था मध्यम

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...