काठमाडौं । सरकारले थारुवान संघर्ष समितिसँग गृह मन्त्रालयमा वार्ता जारी राखेको छ ।
केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृह मन्त्रीको नेतृत्वमा रहेको सरकारी वार्ता टोलीबीच वार्ता भइरहेको हो ।
गृह मन्त्री रामबहादुर थापाको नेतृत्वमा सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी रहेका छन् ।
थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदम नारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी रहेको वार्ता टोली रहेको छ ।
टीकापुर घटनामा संलग्न रहेका धनीराम चौधरी, सांसद रेशम चौधरीलगायतमाथि रहेको मुद्दा फिर्ता लिनुपर्ने, आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरिनुपर्नेलगायतका १९ बुँदे मागका विषयमा छलफल भइरहेको गृह मन्त्रालयको सचिवालयले जनाएको छ ।