एकराज गिरी
पोखरा, फागुन १७ गते । प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले देश विकासको बाटोमा अगाडी बढेको बताउनु भएको छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) ओली समुहले पोखरामा सोमबार आयोजना गरेको गण्डकी प्रदेशस्तरीय कार्यकता भेलालाई सम्वोधन गदै उहाँले भन्नुभयो, ‘विकासको काम तिव्र गतिका साथ अगाडी बढेको छ । विकासको गति र बेग असाधारण छ ।’ प्रधानमन्त्री ओलीले सरकारले देशको विकास र समृद्धिको यात्रामा अगाडी बढाएको देख्न नचाहने ब्यक्तिहरुले रोक्न र ध्वस्त पार्न खोजेको आरोप लगाउनुभयो । ‘सरकार र पार्टी गतिसिल रुपमा अगाडी बढेको देख्न नचाहनेहरुले प्रहार गरीरहेका छन् ।
सम्पूर्ण रुपमा प्रहार म माथि केन्द्रीत छ ।’ प्रधानमन्त्री ओलीले आफुमाथि शारीरिक हमाल र ज्यान तलमाथि हुने अवस्था आएपनि अनौठो नमान्न कार्यकतालाई आग्रह गर्नुभयो । ‘यति बेला सबैतीरबाट प्रहार म माथि केन्द्रीत छ । म माथि हमला भयो भनेपनि अप्यारो नमान्नुहोला ।’ प्रधानमन्त्री ओलीले मर्न परेपनि प्रतिक्रियाबादीहरुसग घुडा टेक्न हुदैन उहाँले भन्नुभयो, ‘पार्टी आन्दोलनमा छ । हरेक परिस्थितिको सामना गछौ ।अपराधिक तत्वसंग लडनुपरेको छ ।’
उहाँले पार्टी एकता देश बनाउनका लागि गरिएको बताउनुभयो । प्रचण्ड माधव समुहले आफुहरुसंग बहुमत रहेको भन्ने भनाईप्रति प्रधानमन्त्रीले भन्नुभयो, केन्द्रीय कमिटिको बहुमत छ भन्छन् । त्यो मैले दिएको हो । एकताका लागि दिएको हो । कुनै चुनाव जितेर आएको हो र ? एकताका लागि पार्टी र देश बनाउन हो भन्नुभयो । बहुमत नजानेर होइन उहाँले भन्ुनभयो, ‘मैले बहुमत हेरिन । मैले त देश बनाउन हिसाव किताव गरिन तर आज उहाँहरु त्यही बहुमतको कुरा गर्नुभएको छ ।’ नेकपा अध्यक्ष ओलीले पार्टी एकता सक्ने वित्तिकै पार्टी कब्जा र अरुका लागि कमर्फट सरकार बनाउने तिर लाग्नुभयो भन्नुभयो ।
उहाँले विधि र पद्धति अनुसार आफूलाई हटाए आफू प्रतिपक्षमा बस्न तयार रहेको बताउनुभयो । दलको नेता फेर्नुस विधिवत बैठक बोलाइदिन्छु उहाँले भन्नुभयो, विधि प्रक्रियाबाट दलको नेता फेर्न चुनौती दिनुभयो । ‘ विधि प्रक्रियाबाट आए डेढ वर्ष प्रतिपक्षमा बस्न तयार छौ डेढ वर्ष प्रतिपक्षमा बस्छो । फेरि दुई तिहाइ बुहत सहित आउछौ ।’ओलीले प्रधानमन्त्री पद कसैलाई गलहत्याएर नपाइने भन्दै विधि र प्रक्रियाबाट आउन आग्रह गर्नुभयो । ‘अविश्वास प्रस्ताव राखेर हटाउने होइन, गलहत्याए । प्रधानमन्त्री हटाउने विधि पद्धति प्रक्रिया कस्तो छ ? प्रजातान्त्रिक प्रक्रिया कस्तो छ ?’ ओलीले प्रश्न गर्नुभयो ।
उहाँहरुसंग लोकतान्त्रिक मुल्यमान्यता छैन् भन्दै अपमान र लान्छाना कसरी लगाउन सकिन्छ उद्देश्य त्यही छ । आफूले संसद विघटनपछि देशले निर्वाचनको बटो लिए पनि सर्वोच्चको फैसलाले फेरि देश अप्ठरोमा परेको बताउनुभयो । ‘चुनावको गतिमा गइसकेको थियो, देश फेरि अन्योल र अलमलमै फस्यो’ उहाँले भन्नुभयो । आफूहरुले सर्वोच्चको फैसला माने पनि त्यसले कुनै परिणाम नदिने ओलीले बताए । उहाँले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई शान्तिपूर्ण मूलधारको बाटोमा आउन आह्वान समेत गर्नुभयो । शान्तिपूर्ण मूलधारको बाटोमा आए विप्लवलाई जनताले जयजयकार गर्ने समेत बताउनुभयो ।