पोखरा, फागुन १७ गते । गृहमन्त्री रामबहादुर थापा(बादल)ले प्रधानमन्त्री हटाउने कुरा जनताको जानदेश विपरित भएको बताउनुभयो । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)ले पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय कार्यकता भेलालाई सम्वोधन गदै उहाँले नेपाली जनताले स्थायित्व र समृद्धिको लागि दुई तिहाई मत दिएका हुन् उहाँले भन्नुभयो, सडक र अदालतको संघर्ष सदमा पुगेको बताउनुभयो ।
गृहमन्त्री थापाले सदनमा सरकार अपदस्त गर्ने र रक्षा गर्ने सघर्ष सुरु भएको उहाँले भन्नुभयो, ‘नयाँ योजना सहित अगाडी बढनुपर्छ आन्दोलन सदनमा केन्द्रीत भएको छ । हामील्े विजय प्राप्त गर्ने छौ ।’ उहाँले प्रचण्ड माधव समुहलाई गल्ती स्वीकार गरेर एकताबद्ध हुन आग्रह समेत गर्नुभयो । अविश्वासको प्रस्ताव फिर्ता गरेर सच्चिने अन्तिम अवसर हो थापाले भन्नुभयो, उहाँहरुले लिएको बाटो गतल छ । भदौ २६ गतेको स्थायी समिटिको निर्णयामा फर्किनुस ।आत्मआलोचना सहित एकतामा आउनुस ।’