पोखरा, फागुन १९ । पोखरामा फागुन २४ गतेबाट सञ्चालन हुने “चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता”को प्रतियोगितामा २८ टिमले सहभागिता जनाउँने भएको छ । प्रतियोगिताको आयोजक पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले बुधबार एक पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । फागुन २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा काठमाण्डौं, विरगन्ज, हेटौडा, चितवन, वुटवल, वालिङ्ग लगायत स्थानिय टिमले प्रतिष्पर्धा गर्ने संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिनुभयो ।
“स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका अग्रज खेलाडीहरु समेटेर भेट्रान्स फुटवल प्रतियोगीतामा आयोजना गर्दै आइरहेको उक्त संस्थाले यस वर्ष पोखराका अग्रज फुटबल खेलाडी खेम गुरुङलाई सम्मान गर्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पूर्व राष्ट्रिय पूmटबल खेलाडी, पूर्व प्रशिक्षक, भुपु खेलाडि मञ्च नेपालका महासचिव एवं खेलकर्मी गुरुङ्गलाई ताम्रपत्र एवं दोसल्ला सहित सम्मान गरिने उहाँले बताउनुभयो ।
प्रतियोगीतामा उपाधि विजेताले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ लाख द्वितियले नगद रु. ५५ हजार पांच सय पचपन्न ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार प्रत्येक खेलाडिलाई प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद दश हजार प्रदान गरिने छ ।
त्यसै गरी अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान (एक पटक मात्र) एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने छ । द्वितिय पुरस्कार विजेताले प्राप्त गर्ने नगद . ५५ हजार ५ सय ५५ यस वर्ष सहारा युकेले प्रायोजन गरेको अध्यक्ष गुरुङले बताउनुभयो । प्रतियोगिताका लागि १५ लाख खर्च हुने तथा १६ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको संस्थाका महासचिब याम गुरुङले जानकारी दिनुभयो ।