नेकपा नामको विवाद फैसला आज नहुने

काठमाडौं, फागुन २० गते । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नामको विवादको आज फैसला नहुने भएको छ । आज शोकमा देशभरका अदातल बन्द रहने भएपछि फैसलाको मिति सरेको हो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेको रिटको अन्तिम फैसला बिहीबार सुनाउने तय भएको थियो । पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्चसहित सबै अदालत बन्द हुने भएपछि फैसाल मिति पछि सरेको हो ।

 

गत बिहीबार सर्वोच्च अदालतले आज फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो ।तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गरी निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएपछि कट्टेले अदालत जानुभएको थियो । नेकपा नाम कस्ले पाउछ भन्ने चासो रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...