पोखरेली मञ्च यूकेद्धारा भूतपूर्व खेलाडी मञ्चलाई ५ लाख ३० हजार सहयोग

पोखरा, फागुन २० गते । भूतपूर्व खेलाडी मञ्चलाई पोखरेली मञ्च यूकेले ५ लाख ३० हजार सहयोग गरेको छ ।

पोखरामा आयोजित एक पत्रकार सम्मेलन मार्फत पोखरेली मञ्च यूकेका कोषाध्यक्ष एवम समाजसेवी कमल गुरुङले ५ लाख ३० हजारको चेक भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

 

सो अवसरमा बोल्दै मञ्चका अध्यक्ष गुरुङले पोखरेली मञ्चको सहयोगका लागि आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–“विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का विचमा विदेशबाट पोखरा म्याराथनका लागि सहयोग हुनु स¥हानिय छ ।”

पोखरा म्याराथन नेपालकै मात्रै नभई विश्वका लागि पनि चासोको विषय बनेको बताउँदै अध्यक्ष गुरुङले विदेशमा बसेर पनि आफ्नो देश ठाउँ, गाउँ र शहरको पहिचानका लागि हुने सहयोग महत्वपूर्ण रहेको बताउँदै उहाँले भन्नुभयो–“पोखरा म्याराथन शहरको उत्सव मात्रै नभई खेलकूद मार्फत पोखराको आर्थिक उन्नती पनि होस भन्ने चाहन्छौ ।”

 

अध्यक्ष गुरुङले सन २०२४ सम्म पोखरा म्याराथनलाई म्याराथन दौडको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता गर्ने लक्ष्य लिएको बताउँदै यसका लागि धेरै काम गर्न बाँकी रहेको र यसका लागि निकै चुनौतीहरु पार गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा वोल्दै पोखरेली मञ्च यूकेका कोषाध्यक्ष कमल गुरुङले पोखरा म्याराथनलाई सहयोग गर्नु सबैका लागि गौरवको विषय भएको बताउँदै पोखरा म्याराथनलाई पोखरेलीहरुले अपनत्व प्राप्त गरेको सफल कार्यक्रम मध्येको एक भएको बता्उनुभयो । उहाँले पोखरा म्याराथनलाई दौडका रुपमा भन्दा पनि ‘च्यारिटी’ मार्फत अगाडी बढ्न सके यसले समाजमा प्रतिफल सँगै राम्रो सन्देश जाने बताउनुभयो ।

 

पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङले पोखरा म्याराथनमा उपस्थित हुन नसके पनि उक्त रकम संकलनका लागि पूर्व राष्ट्रिय महिला भलिवल खेलाडी मञ्जु गुरुङ राईको संयोजकत्वमा अर्थ संकलन समिती गठन गरेको जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...