पोखरा, फागुन २० गते । पोखरा महानगरपालिका वडा नं.–१९ घार्मीमा रहेको लामाचौर स्वास्थ्य चौकीको रजत जयन्ती कार्यक्रमको तयारी पुरा भएको छ ।
घार्मीमा स्वास्थ्य चौकी स्थापना भएको २५ वर्ष पुगेको अवसरमा रजतजयन्ती कार्यक्रमको शुक्रवार एक समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गर्नुहुने पोखरा १९का वडाध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलले जानकारी दिनुभयो । सोही अवसरमा स्वास्थ्य चौकीको नवनिर्मित भवनको समेत उद्घाटन गरिने वताईएको छ । कार्यक्रमका लागी सम्पुर्ण तयारी पुरा भएको समितिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
संघिय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणवाट निर्माण भएको १२ कोठे भवन करिव १ करोड ५० लाख रुपँैयाको लागतमा निर्माण सम्पन्न भएकोे जनाईएको छ ।भवन निर्माण भएसँगै सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ ।उक्त चौकीवाट हाल वाल स्वास्थ्य, मातृ स्वास्थ्य, क्षयरोग तथा सरुवा रोग नियन्त्रण, नियमित खोप कार्यक्रम, गाउँघर क्लिनिक, विरामी उपचार लगायतका सेवा संचालन भएको स्वास्थ्य चौकीका प्रमुख श्यामसुन्दर आचार्यले जानकारी दिनुभयो ।
फागुन २१ गते गरिने कार्यक्रमलाई व्यवस्थित वनाउन पौडेलको अध्यक्षतामा ५० सदस्यीय मुल समिति र विभिन्न ७ वटा उपसमिति समेत गठन गरेर तयारी तिव्र पारिएको थियो । मुख्यमन्त्री आउने कार्यक्रमलाई व्यवस्थित वनाउन कुनै कसर वाकी नराख्ने गरी समिति तयारीमा जुटेको छ । कार्यक्रममा स्थापनाकाल देखि हालसम्मका स्वास्थ्य स्वयं सेवक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी, जग्गादाता, स्वास्थ्य चौकी स्थापनामा महत्वपुर्ण भुमिका खेल्ने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिने वताईएको छ ।
उक्त भवन ७ महिना अगाडी तत्कालिन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले शिलान्यास गर्नुभएको थियो । उक्त स्वास्थ्य चौकीको सेवा घार्मीमा स्थानिय युवा क्लवको भवनवाट शुरु गरिएको थियो भने पछि तत्कालिन जिल्ला विकास समितिको सहयोगमा सामान्य जस्तापाताको टहरो वनाई सेवालाई निरन्तरता दिईएको थियो । पोखरा महानगरभित्रै भएर पनि सामान्य स्वास्थ्य सेवा पनि नपाएका स्थानियवासी भवन निर्माण भई सहज रुपमा स्वास्थ्य सेवा पाएपछि हर्षित भएका छन् ।