काठमाडौं । मुलधारको राजनीतिमा प्रवेश गरेको नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्टहरु विद्रोही मात्र नभएर शान्तिदूत पनि भएको बताएका छन् । सरकारसँग तीन बुँदे सहमतिमा हस्ताक्षर लगत्तै भाषण गर्दै उनले यसलाई ‘घाम र जूनको मिलन’ को संज्ञा दिए ।
राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै विप्लवले भने, ‘हामी कम्युनिष्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पुरा गरेको अवस्थामा कम्युनिष्टहरु शान्तिका दूत पनि हुन् ।’
उनले तीन बुँदेमा नेकपा प्रतिबद्ध रहेको बताए । ‘यसमा आशंका र कुतर्क गर्न जरुरी छैन । हामी तीन बुँदेमा प्रतिवद्ध छौं,’ उनले भने ।उनले एउटा देउडा गीतलाई उर्द्धत गर्दै अहिलेको सन्दर्भलाई ‘घाम र जूनको भेट’ का रुपमा संज्ञा दिए । प्रधानमन्त्री केपी ओलीसँग यसअघि पनि भेट र कुराकानी भएको उनले बताए ।