कास्की: लागूऔषध सहित १ जना नियन्त्रणमा
मिति २०७७।११।२१ गते, अन्दाजी ०३:०० बजे, जिल्ला कास्की पोखरा महानगरपालिका-२७ डाँडाकोनाक चेकपोष्टमा खटिएको प्रहरीको चेकिङ टोलीले नारायणगढबाट बाग्लुङतर्फ जाँदै गरेको ग १ ख ७८८३ नं.को बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला पर्वत कुश्मा नगरपालिका-३ बडडाँडा बस्नेवर्ष २२ को मनोज कुँवरलाई शंका लागि खानतलासी गर्ने क्रममा निजले बोकेको झोला भित्र पत्रिकामा टेपले बेरी राखेको डाइजापाम ३४ एम्पुल, फेनारगन ३४ एम्पुल र नुर्फिन ३४ एम्पुल गरी जम्मा १०२ एम्पुललागूऔषध सहित निजलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।
तनहुँ: सवारी दुर्घटना
मिति २०७७।११।२१ गते, अन्दाजी ११:३० बजे, जिल्ला तनहुँ म्याग्दे गाउँपालिका-३ धयरे स्थित तिलचोक भित्री सडक खण्डमा तिलचोकबाट धयरेतर्फ आउँदै गरेको ग१त ५१२१ नं.को ट्याक्टर आफै अनियन्त्रित भई सडकको छेउमा पल्टिदा ट्याक्टरका सह-चालक जिल्ला गोरखा बस्ने वर्ष २६ को भिम बहादुर थापा गम्भिर घाइतेर चालक जिल्ला तनहुँ म्याग्दे गाउँपालिका-३ धयरे बस्ने बस्ने वर्ष २६।२७ को गणेश रुचाल सामान्य घाईते भएको,दुबै जनालाई उपचारको लागि पोखरा पठाईएको, घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।