काठमाडौं, फागुन २२ गते । विभाजित नेपाल कम्युनिष्ट पार्टीको ओली पक्ष संसदीय दलको बैठक आज बस्दैछ । आज दिउँसो सिंहदबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बोलाइएको बैठकमा अर्को प्रचण्ड–माधव पक्षलाई समेत बोलाइएको छ।ओली पक्षीय नेकपाका प्रमुख सचेतक विशाल भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समेत गरि सग्लो नेकपाका सबै सांसदलाई बैठकमा बोलाइएको बताए।संघीय संसदमा सग्लो नेकपाका १७४ सांसद छन । पार्टी अझै नफुटेको भन्दै सबैलाई बैठकमा आमन्त्रित गरिएको भट्टराईले जानकारी दिए।
ओली पक्षले पार्टी नफुटेको बताइरहे पनि प्रचण्ड–माधव पक्षले भने संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई बुधबार कारबाही गरेको घोषणा गरेको थियो ।प्रचण्ड–माधव पक्षले बिहिवर उनीहरुलाई कारबाही गरिएको पत्र संघीय संसद सचिवालयमा बुझाएको छ । त्यस्तै प्रचण्ड माधव समुहको संसदीय दलको बैठक शुक्रबार बस्यो । बैठकले पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ । हिजो शुक्रबारको बैठकमा ११५ सांसद सहभागी भएको दावी गरिएको छ । नेपका संसदीय दल विभाजनको भएको छ ।