पुनर्स्थापनापछि पहिलोपल्ट संसद बैठक आज

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुभएको थियो । फागुन ११ गते सर्वोच्च अदातले संसद पूर्नस्थापना गरेको थियो । संसद विघटन गर्ने सरकारी निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पहिलोपटक आज अपराह्न संसद बैठक बस्दैछ ।

मन्त्रिपरिषदको फागुन १७ को बैठकको निर्णय र सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि संसदको हिउँदे अधिवेदन बोलाउनु भएको हो । यसअघि पुस ५ गते मन्त्रिपरिषद बैठकमार्फत प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको सिफारस गरे लगत्तै राष्ट्रपति भण्डारीले तत्कालै सदर गरिदिएपछि नेकपाकै प्रचण्ड माधव लगायतले सर्वोच्चमा मुद्दा दाय गरेका थिए । साँढे एक महिनासम्मको बहपछि सर्वोच्चले संसद विघटन असंवैधानिक ठहर गरेको थियो ।

सर्वोच्चको संवैधानिक इजलासले फागुन ११ गते फैसला सुनाउँदै प्रधानमन्त्रीको कदम संविधानअनुसार नरहेको निश्कर्ष दिएको थियो ।१३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशन समेत दिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...