महिलाहरुको क्षमता बृद्धि गर्नुपर्छ ः महानगर प्रमुख जि.सी

पोखरा, फागुन २४ गते । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले महिलाहरुको क्षमता बृद्धि गर्नपर्नेमा जोड दिनुभएको छ । महिलाहरुले आरक्षणमा चित्त बुझाएर बस्ने नभई दक्षता बृद्धि गरेर पुरुषसंग प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो ।

१११ औ अन्तराष्टिय महिला दिवसको अवासरमा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाले आयोजना गरेको “लैङ्गिक समानताको निम्ति महिला र पुरुषको भुमिका” विषयक बक्तृत्वकता प्रतियोगिताको उद्घाटन गदै उहाँले महिलाका अधिकार स्थापित गर्न नियम कानुन राम्रा बनेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो । महिलाले अवसर पाए गर्नसक्छन् उहाँले भन्नुभयो, ‘तर महिलाप्रति हेर्ने दृष्टिकोणमा अझै परिर्वतन आउन सकेको छैन् ।

 

महिलाप्रति अझै कुदृष्टि राख्नेहरुको कमि छैन । त्यसैले सबैभन्दा पहिला महिलप्रति हेर्ने दृष्टिकोण प्ररिर्वतन आवश्यक छ ।’ १११ औँ महिला दिवस मनाइ रहदा धेरै परिर्वतन आएको बताउदै प्राप्त उपलब्धिलाई उपयोग गदै थप अधिकार प्राप्तिका लागि लडनुपर्नेमा जोड दिनुुभयो । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले महिला र पुरुषमा विभेद अन्त्य गदै समतामुलक समाज निर्माण गर्न महिला र पुरुषसंगसंगै अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।

 

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ पछिल्लो समय महिलाहरुका अधिकार संविधानमा स्थापित भएको बताउनुभयो । उहाँले घरभित्रै चुलोचौकामा सिमित महिलाका प्रतिभाहरुलाई प्रष्फुटित गराउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । महानगर सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले गृहिणी महिलाहरुलाई अवसर प्रदान गदै चुलो र चौकाबाट बाहि ल्याउनका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सामाजिक विकास महाशाखा महिला विकास अधिकृत विष्णुमाया पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...