पोखरा, फागुन २४ गते । पोखरा महागनरपालिकाले आयोजना गरेको “लैङ्गिक समानताको निम्ति महिला र पुरुषको भुमिका” विषयक बक्तृत्वकला प्रतियोगितामा महानगरपालिका वडा १३ की पूर्णकला गुरुङ प्रथम हुनुभएको छ । प्रतियोगितामा पोखरा २४ की सिता तिमिल्सिना द्धितिय, पोखरा ३० की मिना सिग्देल तृतिय र पोखरा १ की राधा बरालले सान्त्वना स्थान प्राप्त गर्न सफल हुनुभयो ।
प्रतियोगिता प्रथम, द्धितिय, तृतिय र सान्त्वनाले क्रमश नगद १५ हजार, १२ हजार, ९ हजार र ४ हजार सहित प्रमाणपत्र प्राप्त गर्नुभयो । विजेता सबैलाई पोखरा महानगरपालिकाको स्थापना दिवसको अवसरमा फागुन २८ गते आयोजना गरिने कार्यक्रममा पुरस्कार प्रदान गरिने महानगरले जनाएको छ । प्रतियोगितामा ३२ जनाले सहभागीता जनाउनु भएको थियो । त्यस्तै कार्यक्रममा सहभागी आमा समुह, टोल विकास सस्था तथा सहकारीहरुबाट पोखरा १३ को श्री ज्योती बचत तथा ऋण सहकारी संस्था प्रथम भएको छ ।
त्यस्तै पोखरा १५ को जनशक्ति टोल सुधार आमा समुह द्धितिय, पोखरा ८ को प्रगती आमा समुह तृतिय र प्रतिभा टोल विकास संस्था पोखरा १४ ले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । प्रथम, द्धितिय, तृतिय र सान्त्वनाले क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार सहित प्रमाणपत्र प्राप्त गर्नुहुने छ । कार्यक्रममा पोखरा महानगरका १७ वटा समुहले सहभागीता जनाएका थिए । प्रतियोगिताको निर्णायकमा प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारी, इन्सेकका क्षेत्रीय कार्यालय पोखराका प्रमुख शिव खकुरेल, अधिवत्ता जानुका शर्मा र महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापा मगर रहनुभएको थियो ।