कास्कीमा राखियो नेकपा एमालेको बोर्ड

पोखरा,फागुन २५ गते । कास्की नेकपा एमालेले पनि पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राखेको छ ।पोखरा महानगपालिका वडा नम्वर ९ शान्तिबनमा रहेको नेकपाको पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको हो । नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव दामोदर बैरागी, प्रदेश सभा सदस्य राजिव पहारी लगायत एमाले नेता कार्यकताले बोर्ड राखेका हुन् ।

एमाले र माओबादी केन्द्र एकिकरण भएपछि बनेको नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) राखिएको थियो । नेकपा एमालेको कार्यालयलाई पार्टीको कार्यालय बनाइएको थियो भने शिवालयचोकमा रहेको एमाओबादीको कार्यालयलाई पोखरा महानगरकमिटिको कार्यालय बनाइएको थियो । सर्वोच्चले एमाले र माओबादी केन्द्र ब्यूताइदिएपछि देशभरका एमाले कार्यालयहरुमा बोर्ड राखिएको हो । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित नेकपा एमालेले देशभरका कार्यालयहरुमा नेकपाको साइनबोर्ड फालेर नेकपा एमालेको बोर्ड राखिरहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...