पोखरा, फागुन २६ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले धेरै काम गरेपनि प्रचार नभएको बताउनु भएको छ । पोखरा महानगरपालिकाको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफनै पार्टीबाट असहयोग भएका कारण भएका कामका प्रचार नभएको बताउनुभयो ।
उहाँले सरकारले जनताको विकास र समृद्धिको चाहना अनुसार काम गरेको बताउनुभयो । उहाँले तीन तहका सरकारवीच हुनुपर्ने समन्वयमा कमी रहेको बताउनुभयो । ‘तीन तहका सरकारवीच जुन स्मुथली जानुपर्ने हो त्यो अनुरुप काम हुन सकेको छैन ।’ उहाँले संघीयता कार्यान्वयनको पहिलो चरण भएकाले धेरै काम गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले देशभरका स्थानीय सरकारहरु मध्य पोखरा महानगर उत्कृष्ट रहेको बताउनुभयो । ‘यो महानगर उत्कृष्ट छ । अन्य पालिकामा जस्तो अनियमितता र भष्टाचार भएको छैन यो राम्रो हो । विकासका काम धेरै भएको छ ।’ उहाँले सडक निर्माण र पूर्वाधार विकासमा काम भएपनि केही महत्वपूर्ण काम गर्न नसकेको बताउनुभयो ।
उहाँले नेकपा एमाले र एमाओबादी केन्द्रवीचको एकता राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि भएपनि नेताहरुवीचको लडाईले अहिलेको अवस्था सृजना भएको बताउनुभयो ।‘दुई कम्युनिष्ट’ पार्टी एकजुट हुदाँ झण्डै दुई तिहाई बन्यो । त्यसले देशमा स्थिरता हुन्न भन्ने थियो तर पार्टीको झगडा र नेताहरुवीचको जुंगाको लडाईले पार्टी विभाजनको अवस्थामा पुगेका बेला सवच्चो अदातको फैसला विर्सनै नसक्ने घटना बन्यो ।’
उहाँले सर्वोच्चको फैसला षडयन्त्र, तिकडम नभएर कागताली परेको बताउनुभयो ।‘नेकपा पार्टीको नाममा गरेको बलमिचाई र गलत थियो भन्ने पुष्टि भयो । भैरहेको नाममा नयाँ पार्टी दता कानून सम्वत हैन भनेर निर्वाचन आयोगलाई सर्वोच्चले हराइदियो ।’ पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखरालाई उत्कृष्ट शहर बनाउने गरी काम भैरहेको बताउदै निर्वाचनमा जनताका वीचमा गरेका वाँचा केही पुरा भएको र केही अवको बाँकी अवधिमा पुरा हुने बताउनुभयो ।
पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा सुन्दर शहर भएको बताउदै पोखलाई समृद्ध बनाउन बनाउन जनप्रतिनिधि र कर्मचारीले आआफनो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महानगरका प्रवत्ता धनबहादुर नेपाली, सचेतकद्धय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, कर्मचारीका नेताहरु अमिर भण्डारी, शिव बराल, नेत्र तिमिल्सिना लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा महानगरमा लामो समय सेवा गरेका १३ कर्मचारीलाई दोसल्ला सहित सम्मानपत्र सहित सम्मान गरिएको थियो भने स्थापना दिवसको अवसरमा आयोजना गरिएका भलिबल, फुटबल र ब्याडमिन्टन प्रतियोगिताका विजेता कर्मचारी र जनप्रतिनिधिलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । २०७३ साल फागुन २७ गते उपमहागनरपालिकाबाट पोखरा महानगरपालिका घोषणा भएको थियो । २७ गते शिवरात्री परेको सार्वजनीक विदा भएकाले महागनरले बुधबार स्थापना दिवस मनाएको हो ।