प्रथम विमल शेरचन स्मृति खुल्ला व्याडमिन्टन आजदेखि

पोखरा, फागुन २८ गते । प्रथम विमल शेरचन स्मृति नेपाल थकाली पुरुष डबल्स् खुल्ला व्याडमिन्टन प्रतियोगिता आजदेखि सुरु हुदैछ । थकाली सेवा समिति पोखरा थासाङ युवा परिवारको थकाली युथ व्याडमिन्टन ग्रुपको आयोजनामा शुक्रबार पोखरा स्पोर्टस र व्याडमिन्टन क्लव सिरमुर हल मुस्ताङ चोक, पोखरामा उत्त प्रतियोगिता हुने भएको ग्रुपका सचिव एवं प्रतियोगिता संयोजक श्याम शेरचन (सोल्टी) ले बताए ।

प्रतियोगितामा पोखरा सहित काठमाण्डौं, वुटवल, वेनी, बुर्तीवाङ, मुस्ताङ लगायतबाट २२ टिमको सहभागिता हुने भएको संयोजक सोल्टीले बताए । प्रतियोगिताका विजेता टोलीलाई ३० हजार उपविजेतालाई २० हजार र तेश्रो हुने दुवै टोलीलाई जनही १०÷१० हजारको साटमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिने भएको ग्रुपका अध्यक्ष असोक शेरचनले बताए ।

 

पोखराको ड्यामसाइड स्थित होटल मनोलिसाका संचालक एवं सामाजिक व्यत्तित्व थकाली समुदायको हकहितमा लामो समय देखि लाग्दै आएका विमल शेरचनको स्मृतिमा उत्त प्रतियोगिता पहिलो पटक हुन लागेको अध्यक्ष शेरचनले जनाए । विमलका छोरा विजय शेरचनले उत्त प्रतियोगिताको लागि ५१ हजार रुपैया आर्थिक सहयोग गरेको ग्रुपले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...