हिमालय क्लवद्वारा लहरे वाली वितरण

पोखरा, फागुन २८ गते । पोखरा १६ वाटुलेचौरमा रहेको हिमालय क्लवले कृषिको प्रर्वद्घन गर्ने उद्घेश्यले लहरे वालीका विरुवा वितरण गरेको छ ।

क्लवमा आवद्घ आजीवन सदस्यलाई एक कार्यक्रमका विच घिरौला, काक्रा लगायतका विभिन्न जातका ८ सय वटा लहरे वालीका विरुवा वितरण गरेको कार्यक्रम संयोजक पुष्पराज अधिकारीले जानकारी दिनुभयो ।कायृक्रमको क्लवका मानार्थ सदस्य एवं कृषिविज्ञ वेनी व वस्नेतले सल्लाहाकार तारा प्रसाद तिमिल्सीनालाई विरुवा हस्तान्तरण गरी शुभारम्भ गर्नुभयो ।

वस्नेतले कृषि क्षेत्रको प्रर्वद्घन र विकासका लागी हरेक सदस्य कुनै न कुनै कृषि कर्ममा लाग्नु पर्नेमा जोड दिनुभयो ।कार्यक्रम संयोजक पुष्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि संजाल पोखरा १६ का संयोजक सुवासवावु अधिकारी, क्लवका अध्यक्ष मोहन थापा, सचिव प्रकाश थापा लगायतले क्लवले गरेका गतिविधीको चर्चा गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...