पोखरा, फागुन २८ गते ।स्वतन्त्र पत्रकार संघ कास्कीको अध्यक्षमा रहँदा पूर्न असफल गौतम निवाचित हुनुभएको छ । शुक्रबार सम्पन्न अभिवेशनबाट गौतम निविरोध अध्यक्षमा दोश्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । त्यस्तै सघको उपाध्यक्षमा सुरेशराज अधिकारी, सचिव गंगासागर उपाध्याय, कोषाध्यक्ष ओम उपाध्याय, सहसचिव डिआर काफ्ले चयन हुनुभएको छ। त्यस्तै सदस्यहरुमा राधा ढकाल, उषा सिग्देल, सुक हिराचन, डिल्लिराम कार्की रहनुभएको छ ।
संंघको राष्ट्रिय पार्षदमा स्वतन्त्रता सेनानी केशवराज पराजुली, केशवराज भण्डारी, तीलकमान गुभाजु, कृष्णप्रसाद बास्तोला, उदयबहादुर अमात्य, उमाकान्त शर्मा, यज्ञप्रसाद बास्तोला, महेश्वर पाण्डे, शान्ति राणा, दीलिप राई, प्रेम नेपाली, सूर्यप्रसाद ढकाल, कृष्णबहादुर थापा, दुर्गाप्रसाद पौडेल, कल्याण पन्त,विश्वलाल श्रेष्ठ, भरतप्रसाद तिवारी, विष्णुप्रसाद श्रेष्ठ, तिलक थापा, लक्ष्मी गुरुङ चयन हुनुभएको छ ।