काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयले नेकपा एमालेको विवाद बढेको छ । शुक्रबार आफु पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले पदाधिकारी खारेज र नयाँ सदस्यहरु थप गरिएको विषयले एमाले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल रुष्ट बनेका छन् । नेपाल खनाल समुहको आज बसेको स्थायी कमिटि बैठकले सामानान्तर कमिटि गठन गर्ने निर्ण गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्नेलगायतको निर्णय गरेपछि खनाल नेपाल समूहको आकस्मिक बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।समानान्तर कमिटी जिल्लातहबाटै बनाउने निर्णय भएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । ‘ जहाँ हाम्रो नेतृत्व छैन, त्यहाँ नेतृत्व चयन हुनेछ’ उनले भने, ‘यो पार्टी पुनर्संरचनाको अभियान हो ।’
ओलीले पार्टीलाई बिसर्जनतिर लगेकाले समानान्तर संरचना तयार पार्न लागेको यो समूहको भनाइ छ ।यस विषयमा थप छलफलका लागि केन्द्रीय कमिटी र सांसदहरुको छलफल राखिएको भुसालले जानकारी दिए । समानान्तर कमिटीको घोषणा भने चैत ४ गते गर्ने तयारी छ । ‘हाम्रो राष्ट्रिय भेला चैत ४ गते हुनेछ, त्यस दिन पार्टी पुनर्संरचनाको अभियान घोषणा हुनेछ’ भुसालले भने ।