लेखनाथ, फागुन २९ गते ।एल आई सी नेपालमा कार्यरत अभिकर्ताहरुको सुक्रवार लेखनाथमा भएको भेलाले भीमपाणि बरालको संयोजकत्वमा विमा अभिकर्ता संघ एल आई सी नेपाल साखा समिति लेखनाथ गठन गरेको छ ।
बिमा क्षेत्रमा अग्रेणी भुमिका निभाउदै आएको एल आई सी नेपालको साखा कार्यालय लेखनाथमा स्थापना भएपछिको अवस्थालाई मध्यनजर राख्दै बरिष्ठ अभिकर्ता बरालको संयोजकत्मा नौं सदस्यीय साखा समिति गठन गरिएको हो ।
नव गठित समितिको उपाध्यक्षमा प्रतिक्षा रानाभाट,सचिवमा प्रकाश राईभाट,कोषाध्यक्षमा वलवहादुर श्रेष्ठ, सह सचिवमा सुन्दर शर्मा पौडेल र सदस्यहरुमा रामजी बराल,धनकुमारी बराली,सुरक्षा पौडेल भटराई र कुल प्रसाद न्यौपाने रहनु भएको छ ।
यस अघिको कार्यक्रममा वोल्दै विमक संघ नेपालका केन्द्रिय सचिव तथा वरिष्ठ एजेन्सि म्यानेजर केदारनाथ अधिकारीले विमाको चेतनालाई ग्रामिण तहसम्म पु¥याउनु पर्नेमा जोड दिनु भएको थियो ।
सोही अवसरमा एल आई सी नेपाल लेखनाथ शाखा कार्यालयका प्रमुख संञ्जिव खनाल, पेशागत विमा अभिकर्ता संघ साखा समिति कास्कीका पुर्व अध्यक्ष रुक बहादुर गुरुङ,केन्द्रिय सदस्य रेखा देवि पोखरेल,कास्की साशाका अध्यक्ष रामप्रसाद आचार्य लगाएतले अभिकर्ताको पेशालाई सम्मानित वनाउदै अभिकर्ताको हक हितका सवालमा समितिले काम गर्दै जाने धारणा राख्नु भएको थियो ।