पोखरा, फागुन २९ गते ।कास्की क्षेत्रनं १ ९१०का प्रदेश सांसद युवा नेता दीपक कोइरालाले निर्वाचनमा जनता संग गरेका कुरा पुरा गर्न आफुप्रतिबद्ध रहेको बताउनु भएको छ । शुक्रबार लेखनाथमा वेगनास जल उपभोक्ता संस्थाको १५औं साधारण सभाको उद्घाटन गर्दे नेकपा माओबादी केन्द्रका नेता समेत रहनु भएका कोइरालाले उक्त प्रतिवद्धत्ता जनाउनु भएको हो ।
यस क्षेत्रको लोक प्रिय र विकास प्रेमीनेताको रुपमा परिचित कोइरालाले नेकपा फुटको असर विकासमा पर्न नदिने शुक्रबार पुनं दोहोराउनु भएको छ । सांसद कोइरालाले रुपागाउँपालिकाको स्थापना दिवसको अवसरमा सम्बोधन गर्दा पनि विहिवार उक्त कुरा बताउनु भएको थियो ।
बहुदलीय ब्यवस्थामा पार्टीहरु फुट्ने र जुटने कुरालाई ठुलो रुपमा नलिन आग्रह गर्दे उहाँले आफु प्रदेश सांसद भएर आएपछि आफ्नो निर्वाचनक्षेत्रमा जनताले महसुस गर्ने गरि कामहरु भएको बताउनु भयो । लकडाउनको वेलापनि अन्य क्षेत्र ठप्प हुदा वेगनास क्षेत्रमा विकासको काम धमाधम भएको कोइरालाको भनाई थियो । बेगनास ड्याम ४५ सालमा निर्माण भएपछि हाल सम्म मर्मत पनि नभएको ड्याम पुननिर्माण भएको र अहिले बाधमाथी ढुङगा राख्ने कामपनि जारी रहेको बताउनुभयो ।
कोइरालाले यस बर्ष लेखनाथक्षेत्रमा बर्षाको कारण सिचाई नहरहरु भत्केर धेरै नोक्सान भएकोले अहिलेनै नहर कुलो मर्मतको लागि ४० लाख रकम भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत ब्यवस्था गरिएको र थप बजेट अर्को आर्थिक बर्षमा राख्ने प्रतिवद्धता समेत जनाउनु भयो । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति समेत रहनु भएका कोइरालाले विकास हुनकोलागि जनप्रतिनिधि,जनता र कर्मचारीविच राम्रो समन्वय हुुनुपर्नेमा जोड दिदै जनताको साथ र सहयोग विना विकास असम्भव हुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पोखराका प्रमुख किरण आचार्यले सिंचाईको क्षेत्रमा आफ्नो कार्यालय गर्ने कामको बारेमा जानकारी गराउनु भएको थियो । प्रदेश सरकारले पाँच बर्ष भित्रमा खेती योग्य जमिनमा आधारभूत सिंचाई पु¥याउने लक्षय सहित शुरु गरेका कामहरु अगाडि बढेको र अबको केही दिनमा बर्षाले क्षति पु¥याएको नहरहरुको मर्मत तथा पुननिर्माण शुरु हुने बताउनु भयो ।
पोखरा महानगरपालिका वडानं ३२का वडाध्यक्ष अक्कल बहादुर कार्कीले सिंचाई क्षेत्रमा परेको अप्ठेराहरु प्रदेश सांसद दीपक कोइराला मार्फत हल गर्दे अगाडि बढेको बताउनु भयो । प्रदेश मार्फत सिंचाई, मोटरेवल पुल र झोलुङगे पुल ,गण्डकी विश्वविद्यालय लगायतका थुप्रै योजना आफ्नो क्षेत्रमा परेको भन्दै कार्कीले सांसद कोइराला संग आफुहरुको मात्रै नभएर जनताको पनि ठुलो आस र भरोसा रहेको बताउनु भयो ।
वेगनास जल उपभोक्ता संस्थाका सल्लाहाकार बासुदेव लामिछाने र धु्रव अधिकारीले वेगनास ताल क्षेत्रमा गरेको काम उदारणीय रहेको भन्दै बेगनासको ओभरफ्लोलाई घोतघोतेबाट सेतीमा खसाउने ब्यवस्था मिलाउन प्रदेश सांसदले पहल गरिदिनुपर्ने बताउनु भयो । वेगनासकै पानीले अहिले बर्खामा धेरै क्षति पुगेकोले बर्षको २ महिना वेगनासको पानी सेतीमा फाल्ने ब्यवस्था हुनुपर्ने उहाँहरुको भनाई थियो ।कार्यक्रममा वेगनास जल उपभोक्ता संस्थाले वडाध्यक्ष अक्कल बहादुर कार्की ,सेवा निवृत्त भएका कर्मचारी जगबहादुर पुन र समितिका झमबहादुर पुनलाई सम्मान पत्र सहित दोसल्हाले सम्मान गरिएको थियो ।कार्यक्रम पुष्पराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।