दशनामी समाजको अधिवेशनमा नेउवासंघका केन्द्रीय सदस्य बाबुराम गिरी सम्मानित

पोखरा, फागुन २९ गते । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरी पोखरामा सम्मानित हुनुभएको छ । नेपाल दशनामी समाज कास्कीले गिरीलाई आफनो नवौ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको अवसरमा गिरीलाई सम्मान गरेको हो । नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तारा गिरीले सम्मानपत्र र दोसल्ला सहित सम्मान गर्नुभयो ।

बाबुराम गिरी वाणिज्य संघको केन्द्रीय सदस्य निवाचित र दशनामी समाज केन्द्रीय समितिको सल्लाहकार हुनुभएकोमा सम्मान गरेको हो । कार्यक्रममा बोल्ने अधिंकाश बक्ताहरुले संस्थालाई राजनीति मुक्त बनाउदै साझा बनाउनुपर्नेमा जोड दिनुभयो । संस्था जन्माउनुभन्दा यसलाई बचाउनु चुनौती रहेको बताउदै सबैले तन मनले सहयोग गर्नुपर्नेाम जोड दिनुभएको छ ।

 

दशनामी समाज कास्कीका अध्यक्ष जगतमोहन गिरीको अध्यक्षतामा भएको साधारण सभाकाको उद्घाटन कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तारा गिरी, सम्मानित ब्यत्तित्व बाबुराम गिरी, सल्लाहकार मोती गिरी, समाजका सल्लाहकार शारदा गिरी, समाजका सचिव मिरा गिरी, कोषाध्यक्ष गंगा गिरी लगायतले बोल्नुभएको थियो । अधिवेशनले नयाँ कार्यसमिति चयन समेत गर्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...