प्रदेशसँग नजोडिएका २८३ स्थानीय तहलाई जोड्न सडक सञ्जाल निर्माण गरिंदै

काठमाडौंं, चैत १ गते  । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशका ७ सय ५३ वटै स्थानीय तहमा छिटोभन्दा छिटो कालोपत्रे सडक सञ्जाल विस्तारको उद्घाटन गर्ने भएका छन् । आइतबार बालुवाटारबाट प्रधानमन्त्री ओलीले कालोपत्रे सडक सञ्जाल विस्तार कार्यक्रम उद्‌घाटन गर्ने बताइएको छ ।

देशका सबै स्थानीय तहमा कालोपत्रे सडक पुर्‍याउने उद्देश्यसाथ प्रधानमन्त्री ओलीले सडकहरूको एकैचोटी उद्घाटन गर्न लागेको जनाइएको छ । बालुवाटारमा प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सडक निर्माणकार्य उद्घाटन गर्ने बताइएको छ ।

 

प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि सातै प्रदेशमा उक्त कार्यको सहमतिपत्र (एमओयु) मा हस्ताक्षर गरिने बताइएको छ । हस्ताक्षरसँगै कालोपत्रे सडक नपुगेका स्थानीय तहमा काम तत्काल शुरू गरिने बताइन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...