नेपाली सेनाले पछिल्ला दिनमा वातावरण संरक्षण तथा पर्यापर्यटन विकास र विस्तार कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छ । सेना दिवसका अवसरमा पर्सा राष्ट्रिय निकुलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने ध्येयले सेनाले निजगढ र जितपुुरका स्थानीय तहको सहकार्यमा ‘आधाभार–हात्तीसार जङ्गल फायरलेन क्रस कन्ट्री ५५ किमी साइक्लिङ २०७७ ’आयोजना गयो ।साइक्लिङतर्फ सुुरज राना प्रथम, बाबुुराम विश्वकर्मा द्वितीय र जितु चौहान तृतीय हुुनुुभयो । महिलातर्फ सुनसरीका इन्द्रकुमारी तामाङ र विदिशा चौधरी तथा नेपालगञ्जकी पार्वती सार्की क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको थियो ।