पोखरा, चैत २ गते । धुलिखेल नगरपालिकाका जनप्रतितिधिलाई पोखरा महानगरपालिकामा स्वागत गरिएको छ ।धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माको नेतृत्वमा आएको टोलीलाई पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत महेश बरालले स्वागत गर्नुभयो ।
महागनर र नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि भएका गतिविधि र अनुभव आदानप्रदान गरिएको थियो । पोखरा महानगरका प्रमुख मानबहाुदर जिसीले स्थानीय तहका जनप्रतिनिधिहरुले अझै सरकार हौ भन्ने अनुभुति गर्न नसकेको बताउनुभयो ।‘स्थानीय सरकार हौ तर अझै अनुभुति भएको छैन । त्यसैले सोच परिर्वतन गर्नुपर्छ ।’ उहाँले स्थानीय तहहरुले ३२५ वटा कानुन निर्माण गर्नुपर्ने भएपनि पोखराले एक सयको हाराहारीमा कानून निर्माण भएको बताउदै अझै अलमलमा रहको बताउनुभयो ।
उहाँले पोखरा महानगरलाई विधि र प्रक्रियामा चल्ने अवस्था सृजना गर्ने बताउनुभयो । ‘हामी छाडेर जादाँ महानगरमा सिस्टम बसाल्ने छौ।’ उपप्रमुख मञ्जुदेवी गुरुङले उपप्रमुखहरुलाई संविधानले विगतमा भन्दा धेरै अधिकार दिएको बताउदै आफनो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायिक समितिले प्रभावकारी रुपमा काम गरिरहेको बताउदै महिलाहरुलाई सक्षम र सवल बनाउन उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । महिलाहरुलाई आर्थिक रुपमा सवल र सक्षम बनाउदै शसत्तिकरणसंगै उद्यमी र आत्मनिर्भर बनाउनुपर्ने खालका कार्ययोजन अगाडी बढाएको बताउनुभयो ।
धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले स्थानीयतहरु वीच अनुभव आदान प्रदान र राम्रा कामको सिको गरेर अगाडी बढनुुपर्नेमा जोड दिनुभयो । उहाँले धुलिखेलले पूर्वाधार विकास, खानेपानी लगायत काममा सफलता प्राप्त गरेको बताउनुभयो । धुलिखेललाई बालमैत्री नगरपालिका, बेरुजु फछ्यौटमा उत्कृष्ट रहेको बताउनुभयो ।पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।