प्रतिनिधिसभाको बैठक केहीबेरमा बस्दै

काठमाडौं, चैत ३ गते । संघीय प्रतिनिधिसभाको बैठक केहीबेरमा बस्दै दिउँसो १ बजे बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकको दुईवटा कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जानकारी गराएको छ ।


बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र पूर्व संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनप्रति शोक प्रस्ताव पारित गर्ने रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले बताउनुभयो ।

यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट बाँके क्षेत्र नं. २ बाट निर्वाचित सदस्य हुनुहुन्थ्यो । उहाँको २०७७ माघ १ गते बिहीबार निधन भएको थियो । यादव पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री पनि हुनुहुन्थ्यो ।

 

यसअघि फागुन २६ गते प्रतिनिधिसभाको बैठक बसेको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस तथा जसपाका सांसदहरुले विरोध जनाएका थिए । विरोधकै बीच शोक प्रस्तावपछि सूचना टाँस गरी बैठक स्थगित गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...