काठमाडौं, चैत ३ गते । तिनिधिसभाको आजको बैठक सकिएको छ । सभामुख अग्नि सापकोटाले अर्को बैठक चैत ६ गते दिनको १ बजे तोकेका छन् ।
प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । अर्को बैठक चैत ६ गते शुक्रबार पुनः बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराउनुभयो ।
बैठकमा संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्ताव पारित गरिएको छ । यादवको निधनप्रति एक मिनेट मौनधारण गरेर श्रद्धाञ्जली व्यक्त गरिएको छ।