पोखरा उद्योग वाणिज्य संघ र इ–सेवा फोन पे प्रालिबीच मंगलबार क्युआर डिजिटल पार्टनरसीप सम्झौतामा हस्ताक्षर भएको हो । संघले यसअघि नै इ–सेवा र क्युआ कोडमार्फत् सदस्यता नविकरण गर्ने व्यवस्था मिलाएको थियो । संघका अध्यक्ष नारायण कोइराला र इ–सेवा फोन पे प्रालिका चिप स्टाट्रेजी म्यानेजर रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सक्षम एक्सेस टु फाइनान्सका प्रविणराज पन्तका अनुसारहाल १ करोड २६ लाख नेपालीले मोवाइल बैंकिङमा जोडिएका छन् । उने अहिले सानो कारोबार हुँदै आए पनि २–४ वर्षका ठूलो कारोबार पनि डिजिटल नै हुने जिकिर गरे । मोवाइल र इन्टरनेट उपयोग गरी इ–सेवाका माध्यमबाट सर्वसाधरणले रकम आदान–प्रदान गर्न, विजुली, पानी, टेलिफोनको महसुल भक्तानी गर्न, मोवाइल रिचार्ज गर्न, इन्टरनेटको महसुल भक्तानी गर्न, हवाई टिकट खरिद गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कुलको शुल्क बुझाउन र बजारमा सपिङ यो सेवा उपयोगी हुने उनको भनाई थियो । उनले इ–सेवा संचालन गर्न कुनै शुल्क नलाग्ने प्रष्ट पारे ।
—