काठमाडौं, चैत ४ गते । नेकपा एमालेको विवाद चर्किको छ । एमालेकै नाममा तिन ठाँउमा एकै दिन कार्यक्रम भए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा आली, झलनाथ खनाल माधव नेपाल समूहले आजदेखि हुने राष्ट्रिय भेला बारे पत्रकार सम्मेलन आयोजना गदै गर्दा उता उपाध्यक्ष बामदेव गौतमले एकता अभियानको बैठक एमालेकै ब्यानर राखेर गरे ।
यसले एमाले तिन टुक्रामा विभाजित हुने अवस्था देखिएको छ । झलनाथ माधव समुहले समानान्तर गतिविधि अगाडी बढाएको छ । समुहले आजदेखि काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेकोछ। बिहीबारसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट नेताहरु काठमाडौं पुगेका छन् । यता अध्यक्ष ओलीले भेलामा जानेहरुलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले समानान्तर गतिविधि गरे पार्टी विधान अनुसार कारबाही गर्ने बताउनु भएको हो । यस्तै एमाले महासचिव ईश्वर पोखरेलले सोमबार साँझ विज्ञप्ति जारी गदै भेला नभएको र यदि गए कारबाही गर्ने चेतावनी दिनुभएको छ ।