उपेक्षित, उत्पीडित दलित बर्ग उत्थानको निर्देशकमा सुनाम

पोखरा, चैत ६ गते ।उपेक्षित, उत्पीडित दलित बर्ग उत्थान विकास समिािको कार्यकारी निर्देशकमा अर्जुन कुमार सुनाम नियुक्त हुुनुभएको छ । नेपाल सरकार मन्त्रीपरिषद् बैठकद्वारा उपेक्षित ,उत्पीडित दलित बर्ग उत्थान बिकास समितको कार्यकारी निर्देशक उहाँलाई मनोनयन गरिएको हो । सुनाम जिल्ला स्थायीबासी हुनुुहुन्छ । उहाँ पोखरामा रहेर लामो समयदेखि विद्यार्र्थी राजनीतिमा क्रियाशिल हुनुभयो ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूको राजनीतिमा लामो समय विताउनु भएको छ । उहाँले नेकपा एमाले कास्की जिल्ला कमिटिमा रहेर समेत काम गर्नुभएको छ । उहाँले आन्दोलनका क्रममा प्रहरीको कुटपिटबाट घाइते समेत हुनुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...