पोखरा, चैत ८ गते । नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिडने नक्कली सहायक सेनानी पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं १४ स्थित निर्माणाधिन पोखरा अन्र्तराष्ट्रिय बिमानस्थल प्रवेश गरी शंकास्पद हर्कत गरे पश्चात त्यहाँ खटिएको नेपाली सेनाको टोलीले चेकजाँच गर्दा नेपाली सेनामा कार्यरत नभएको पाएको प्रहरीले जनाएको छ ।
सेनाले प्रतिवेदन सहित जिल्ला प्रहरी कार्यालय कास्कीमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि पठाएको थियो । मुस्ताङ थासाङ गाँउपालिका वडा नं.४ बस्ने बर्ष १८ को बिपिन लगुन बि.क.लाई नेपाली सेनाको सहायक सेनानी दर्जाको दज्र्यानी चिन्ह सहित पोषाक .(चुस्ता), बुट, श्री भगवतीदल गण पोखरा लेखिएको परिचय पत्र थान (१, र लेखिएको कालो रंगको नक्कली वाकिटकी रेडियो सेट थान १ सहित हिडिरहेको अवस्थामा फेलापारी पक्राउ गरीएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ व्यक्तिहरुको विवरण :-
नाम : तेन्जिङ तो गुरुङ भनि चिनिने विपिन लगुन बि.क.
उमेर : १८ वर्ष
ठेगाना : जिल्ला मुस्ताङ थासाङ गाउँपालिका वडा नं.४
पक्राउ मिति २०७७।१२।०७ गते ।
पक्राउ स्थान : जिल्ला कास्की पोखरा म.न.पा. १४ चाउथे ।
बरामद सामानको बिवरण :-
नेपाली सेनाको पोषाक (चुस्ता) संग मेल खाने पोषाक चुस्ता सेट थान – १,
कालो रंगको बुट १ जोर,
श्री भगवती गणबाट जारी भएको नेपाली सेनाको तेन्जिं तो गुरुङको नाममा जारी
भएको आईडी कार्ड थान-१
FLYROSE लेखिएको कालो रङको नक्कली वाकिटवाकी रेडियो सेट थान – १,
मोबाईल – १ थान
रमेश श्रेष्ठको नाउँको नेपाली नागरिकताको प्रतिलिपी थान – १