पोखरा, चैत ९ गते । पोखरा क्षेत्रको दिगो पर्यटन विकासको लागि प्राकृतिक तथा संस्कृतिको संरक्षण सहित स्थानिय उत्पादनमा जोड दिनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताउनु भएको छ ।
रेडियो अन्नपूर्णले सोमबार रेडियोमा आयोजना गरेको कोभिड—१९ ले गाँजेको सिंगो बर्ष, पर्यटन प्रबद्र्धनमा स्थानीय तहको भूमिका, दीगो पर्यावरणीय विकासका लागि भएका प्रयासहररुको बारेमा छलफल मुलक अन्तरत्र्रिmया कार्यक्रम द राउण्ड टेवल मा सहभागी वक्ताहरुले उत्त कुरा बताउनु भएको हो ।
पछिल्ला बर्षमा जथभावी रुपमा सडक बाटो बनाउने निहुँमा विना योजना डोजर लगायर खन्ने, हिमाल नजिक नजिक जलबिद्युत आयोजना लैजाने, नेपालका ऐतिहासिक पद मार्ग मास्दै जाने, स्वदेशी उत्पादन भन्दा विदेशी उत्पादनलाई बढवा दिने, विना योजना प्राकृतिक र संस्कृतिलाई समेत असर पु¥याउने गरी भएका भौतिक पूर्वाधार विकासले नेपालको दिगो पर्यटनमा असर पर्ने वक्ताहरुले चिन्त्त व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै कास्कीको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले आफुहरुले पर्यटनलाई नै विकासको पहिलो प्रथामिकता राखेर काम गर्दै आएका बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो क्षेत्रको हालको विकासको मुल आधार कृषि र बैदेशीक रोजगार नै भएको छ, अब धेरै सम्भावना भएको मादीमा पर्यटनको विकास गर्न सके यसबाट विदेश जाने युवा शत्तिलाई यही रोक्न सकिन्छ भन्ने हाम्रो प्रयास रहेको छ । ”
देश संघियता गए पनि अझै प्रदेश र संघिय सरकार बिचको नितीगत बिषयमा अन्यौल भएको अध्यक्ष गुरुङले गुनासो गर्नुभयो । मादीमा केवलकार लैजाने योजना अघि बढाएको अबस्थामा अन्नपूर्ण संरक्षण आयोजना (ए—क्याप) को कारण दाताको खोजि हुदा पनि काम अघि बढ्न नसकेको उहाँले दाबी गर्नुभयो । केवलकारको फाइल हाल वन्यजन्तु विभागमा पुगेर अड्किएको अध्यक्ष गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो “ पर्यटनको भर्जिन क्षेत्रको रुपमा रहेको मादीमा धेरै प्राकृतिक र सांस्कृति बस्तुहरु रहेका छन, अझै हामीले विदेशी पर्यटकहरुलाई हाम्रो क्षेत्रमा पुराउन सकेका छैनौं । ” उपल्लो क्षेत्रमा सडक बाटो पु¥याउने बिषयमा आफुहरु संवेदनशिल भएको बताएका अध्यक्ष ग्ुरुङले ठुला परियोजना संचालनको लागि बाटो विना विकास सम्भव नभएकोेले गर्दा बाटो पनि लैजानु पर्ने राय व्यत्त गर्नुभयो ।
विकासको बाधकको रुपमा रहेको एक्यापको बिषयमा प्रश्न उठ्न थालेको बताएका उनले अब जनमतमा गए ९० प्रतिशत स्थानियले एक्यापलाई हटाउन खोजेको दाबी गर्नुभयो । ए क्यापले ३० बर्षमा नगरेको काम स्थानिय तहलाई जिम्मा दिएमा ५ बर्षमा काम गर्ने अध्यक्ष गुरुङले दाबी गर्नुभयो ।
त्यसै गरी कार्यक्रममा वोल्दै कास्कीको अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुवंरले स्थानिय रुपमा उत्पादन गर्न नसके जति नै विदेशी पर्यटकहरु आए पनि उनीहरुले खर्च गर्ने रकम बाहिरिने दाबी गर्नुभयो । कोदोको रक्सिलाई स्थानिय ब्राण्डको रुपमा स्थापित गरी छाड्ने दाबी गरेका अध्यक्ष कुवंरले त्यसको प्राविधिक र वैधानिक रुपमा व्यबस्थापन गर्नु पर्ने बताउनुभयो । शहर बजारमा बसेर पर्यटनका चर्का भाषण र गित गायर मात्र पर्यटनको विकास नहुने बताएका उनले पर्यावरणलाई समेत ध्यान दियर स्थानिय रुपमा कृषि उत्पादनमा जानुको विकल्प नभएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “ पर्यटनको राजधानि पोखरा हो, पोखराको राजधानि अन्नपूर्ण गाँउपालिका हो, पोखरामा पर्यटक मुस्किलले एक दिन विताउला तर अन्नपूर्णमा हप्ता दिन विताउन उसलाईं कुनै समस्या हुदैन, हिमश्रृखला देखि प्राकृतिक एवं संस्कृति लगायतका पक्षले लोभ्याउने गर्छ । ” रिमोट एरियाको समग्र विकास नगरेसम्म पोखरा क्षेत्रको समग्र विकास नहुने अध्यक्ष कुवंरको भनाई छ । वन्यजन्तु संरक्षण सहितको प्राकृतिक एवं संस्कृतिको संरक्षणको लागि हाल आफुहरुले पोखरी निर्माण, चौतारा संरक्षण, ढुंगे धारा संरक्षण गर्ने अभियानमै रहेको उहाँले बताउनुभयो ।
अन्नपूर्ण वेस क्याम्पमा व्यवसायीक रुपमा हेलिकोप्टर संचालन गर्न नदिदा नदिदै केही नव धनाड्य र नव सभ्रान्तहरुलेले हाल पनि संचालन गर्दै आएकोमा अध्यक्ष कुवंरले चिन्त्ता व्यत्त गर्नुभयो । उहाँले भन्नुभयो “लेकसाइडमा बसेर ७ मिनेटमा एयरपोर्टमा पुगेर अनि ११ मिनेटमा हेलिकोप्टरबाट वेसक्याम्पमा पुगेर पोखरा फर्किने पर्यटकले के अन्नपूर्ण क्षेत्रका स्थानियको लागि के योगदान दिए, नावोर जस्ता लोपउन्मुख वन्यजन्तु हाल हेलिकोप्टरको कारण विस्थापित हुने अबस्थामा पुगेको छ, यसको जिम्मा कसले लिने । ” शारीरिक रुपमा वेस क्याप जान नसक्नेहरुको लागि मात्र लैजाने व्यबस्था गरी अन्यलाई पैदलमार्ग बाटै जाने प्रबन्ध गर्नु पर्ने उहाँको धारणा छ ।
पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष टिकाराम सापकोटाले नोपलमा ग्रामिण पर्यटनकै मुल आधार भएको दाबी गर्नुभयो । नेपालको पर्यटनको लागि कृषि पर्यटनमा जोडिनु पर्ने बताएका उनले जथभाव रुपमा सवै ठाँउमा होमस्टे र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नहुने राय व्यत्त गर्नुभयो । उहाँले भन्नुभयो “जथभावी रुपमा हाल पदमार्गहरु मास्ने गरी भएको सडक संजाल, हिमाल नजिक पुगेर जलबिद्युत स्थापना गर्नु पर्यटनको लागि अर्को बाधक हो ।” एग्रो टुरिजम प्रबद्र्धन गर्न सके स्थानिय उत्पादनमा एग्रो टुरिजम ले नै गाँउपालिकाको दिगो विकास हुने सापकोटाको बुझाई छ ।
उहाँले भन्नुभयो “ कोरोनाले गर्दा पर्यटन व्यवसायी हाल सिथिल अबस्थामा पुगेका छौं, अझै सरकारले दुई बर्ष व्यवसायीलाई केही राहत दिन सकेमा हामीले सन् २०२३ बाट पूर्ण रुपमा पर्यटन चलायमान भएसंगै सरकारले प्रयाप्त मात्रमा कर तिर्न सक्छौं । ” चाइनिज पर्यटकहरुले हाल धेरै खाना फाल्ने गरेको बताएका पुर्व अध्यक्ष सापकोटाले चाइनिज रेष्टुरेण्टमा आधा खाना फालिने गरेको दाबी गर्नुभयो ।
संरक्षण अभियान्ता एवं पत्रकार कृष्णमणि बरालले पछिल्ला बर्ष देखि नेपालको विश्व चर्चीत अन्नपूर्ण पदमार्ग विस्तारै विश्वको नजरमा जथभावी सडक बाटो पुगेकोले छायामा पर्ने हो कि भन्ने चिन्त्ता व्यत्त गर्नुभयो । हिमाली क्षेत्रमा पानी सुख्खा हुदै गएको बताएका बरालले विज्ञहरुको सुझाव अनुसार वन्यजन्तु लागि पानीको आवश्यकता पर्ने उच्च भेगका केही ठाँउमा पोखरीहरु बनाउनु पर्ने बताउनुभयो । हिमाली क्षेत्र पोखराको ब्राण्ड नै भएको दाबी २ हजार ५ सय मिटरको उचाईमा रहेको कपुचे हिउ ताल, कोलासोथ्थर लगायतको क्षेत्रको मौलिक पन संरक्षण गर्नू पर्ने बरालको माग रहेको छ ।