पोखरा, चैत १२ गते । गण्डकी प्रदेशा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक सम्पदाहरुलाई आर्थिक समृद्धिसंग जोडेर लैजानुपर्नेमा जोड दिनुभएको छ । प्रथम खाष्टे ताल महोत्सबको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गदै मावनहितामा प्रयोग गदै आर्थिक समृद्धिसंग जोनुपर्नेमा जोड दिनुभयो । उहाँले प्राकृतिक सम्पदाहरुलाई आर्यआर्जनसंग जोडेर विकास र समृद्धिमा प्रयोग गर्दा स्थानीयले समेत फाइदा लिनसक्ने बताउनुभयो । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश प्राकृतिक र सांस्कृतिक रुपमा प्रचुर सम्भावना भएको प्रदेश भएको बताउदै प्रदेशको राजधानी पोखरा सहर प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको बताउनुभयो ।
पोखरा ताल, हिमाल लगायत विविधतायूक्त प्राकृतिक स्रोत र साधनले सुसुजित रहेको बताउदै यहाँको विकासका लागि तीनै तहको सरकाहरुवीच आपसी सहकार्य र समन्वय गरेर अगाडी बढने बताउनुभयो । मुख्यमन्त्री गुरुङले लेखनाथ र पोखरामा रहेका तालहरुको एकिकृत विकासका लागि योजना बनाएर अगाडी बढने बताउनुभयो । उहाँले यहाँका तालहरुलाई पर्यटकीय रुपमा विकास गदै आन्तरीक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकास गर्ने बताउनुभयो । उहाँले मेला, महोत्सवहरु पर्यटनको पूर्वाधारका आधार समेत भएको बताउनुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले वर्तमान सरकारले तालहरुको संरक्षणलाई जोड दिएको बताउनुभयो ।
उहाँले समग्र पोखराका तालतलैयाहरुको संरक्षणका लागि सरकारले पहल गरिरहेको बताउनुभयो । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले पोखरा प्राकृतिक रुपमा सुन्दर रहेको बताउदै महानगरले त्यसलाई थप सौन्दर्यकरण गर्ने प्रयास गरिरहेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सांसद दीपक कोइराला, नेपाली काँग्रेसका नेता तारानाथ रानाभाट, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल लगाएतले बोल्नुभएको थियो ।
चैत्र २२ गतेसम्म संचालन हुने महोत्सव ब्यवसायी एक सय १० वटा स्टहरु रहेकान छन् ।कार्यक्रममा नेपालका चर्चित गायक ,गायिकाको दोहोरी लगाएत हास्य प्रस्तुति समेत रहने छ भने यस महोत्सवमा माछा तथा कृषि प्रदर्शनी लगाएतका मनोरञ्जनात्मक कार्यक्रमहरु पनि हुने महोत्सवका सह संयोजक शिवहरी ढुगानाको भनाई रहेको छ ।