इन्फोम्याक्समा इन्डक्सन प्रोग्राम

पोखरा, चैत १९ गते । इन्फोम्याम्स कलेज अफ आइटी एण्ड म्यानेजमेन्टमा विएस्सी आइटीका नवआगन्तुक विद्यार्थीको इन्डक्सन कार्यक्रम बुधबार सम्पन्न भएको छ । आइटी अध्ययनका लागि प्रक्रिया पूरा गरी भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई आगामी ३ वर्षको ६ सेमेस्टरसम्म प्रेरित गर्ने उद्धेश्यले इन्डक्सन प्रोग्राम राखिएको कजेलका प्रिन्सिपल सुशिल अधिकारीले जानकारी दिए ।

अधिकारीले पाठ्क्रम र प्रयोगात्मक कार्यका बारे स्पष्ट पार्दै पढाइ अवधिभर र पढाइ पूरा गरिसकेपछि कहाँ कसरी काम गर्न सकिन्छ भन्ने विषयमा मार्गनिर्देश गरे । अधिकारीले ‘सूचना प्रविधिको पढाइमा स्कोरभन्दा कार्यमूलक सीपको महत्व हुने हुँदा जागिर खानुभन्दा जागिर दिने उद्यमशील बन्नुपर्छ’ भने ।

कलेजका डाइरेक्टर विकास पहारीले कलेजको नीति, मूल्य, मान्यता र अनुशासनका बारेमा प्रकाश पारेका थिए । पहारीले ‘सूचना तथा प्रविधि विषय घोकेर होइन अध्ययन र अभ्यास गरेर जान्ने हो । पढाइ पूरा गरेका विद्यार्थी अहिलेसम्म शतप्रतिशत रोजगार भएकोले अवसरको खाँचो छैन् ’ भने । इन्फोम्याक्सबाट अध्ययन पूरा गरेका १ हजार २ सय विद्यार्थी स्वादेश तथा विदेशका श्रमबजारमा काम गरिरहेका छन् ।

विज्ञान र व्यवस्थापन सङ्कायबाट १२ कक्षा उर्तीण ३६ जना विद्यार्थीे विहानी सत्रमा भर्ना भएका छन् भने दिवा सत्रमा ३५ विद्यार्थी रहेका छन् । इन्फोम्याक्स कजेल अफ आइटी एण्ड म्यानेजमेन्टले एसिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इन्नोभेसनको सम्बन्धन प्राप्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्क्रम अनुमोदन गरेको इन्फोम्याक्स सन् २००५ मा स्थापित पोखराको पहिलो आइटी कलेज हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सोच कलेज अफ आइटीतर्फ बिहानी सत्रका बिएस्सी सिएसआइटीका नवआगन्तुक विद्यार्थीहरूको इन्डक्सन कार्यक्रम मंगलबार सम्पन्न भइसकेको कलेजले जानकारी दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...