कम्युनिष्टहरुले कुरा वेचेर  कमाए तर कांग्रेसले वेच्न नजान्दा घाटा  : महत

पोखरा, चैत १९ गते । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत्तले देशमा लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसको नेतृत्व आवस्यक भएको वताएका छन् ।नेपाल आदिवासीजनजाति संघ जिल्ला समिति कास्कीद्धारा विहीवार पोखरामाआयोजितनयाँवर्ष २०७८ को क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै उनले सो कुरा वताएका हुन् ।

नेपाली जनताले ल्याएको लोकतन्त्र कम्युनिष्टका केही सिमित नेताले हरण गर्न लागेको उनले वताए । लोकतन्त्र रक्षाको लागि गाउँगाउँ र वस्ती वस्तीवाट कांग्रेस कार्यकर्ताहरु जुर्मुराउने दिन आएको उनले वताए । नेपालमा कम्युनिष्टहरु टिक्नै नसक्ने उनको भनाई छ । भ्रष्टाचारमा लिप्तहुँदै आफाआफै झगडा गर्ने कम्युनिष्टहरुको वानी भएको उनले वताए ।

 

नेपालमा कम्युनिष्टहरुले कुरा वेचेर नाफा कमाए तर कांग्रेसले काम वेच्न नजान्दा घाटा सहनु परेको उनको भनाइ छ ।जनताको जनादेशमार्फत नै लोकतन्त्रवचाउन सकिने भन्दै उनले आदिवासी जनजातिहरु एक भएर अगाडि वढ्ने दिन आएको बताए ।नेपालमा जनजातिकाअधिकारको वारेमा कुरा गर्ने पार्टी कांग्रेस मात्र भएको उनले बताए । कांग्रेसको नीति र नेतृत्वले मात्र देशमालोकतन्त्रको रक्षा हुने उनको धारणा छ ।

 

देशमा आर्थिक सम्वृद्धि भनेको धन सम्पत्तिमात्र नभएर संस्कार र संस्कृतिपनि सम्वृद्धिको सूचक भएको महत्तले वताए ।नेपालको संस्कृति कृषिमा आधारित भएपनि पछिल्लो समयमा लोप हुँदै गएको उनको भनाइ छ । आफ्नो संस्कार र सभ्यताको सम्मान गर्न सकेमा देश समुन्वतवन्दै जाने उनले वताए ।

 

संघका अध्यक्ष आशवहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री महादेव गुरुङ, संविधान सभा सदस्य शारदा पौडेल, नेपाल महिला संघका केन्द्रीय सदस्य तारा अधिकारी, नेताशुक्रराजशर्मा, प्रदेश सभा सदस्य द्धय विन्दुकुमार थापा, ललितकला गुरुङ, नेतृ सरस्वती गुरुङ, कांग्रेस कास्कीकापूर्व सभापतिशोभियतवहादुर अधिकारी, संघका प्रदेश संयोजक जीतवहादुर गुरुङ, काग्रेस कास्कीका सचिव सुदीप मोहन भट्टराइ, दीवसमान प्रधानाङ्ग, विद्यार्थी नेता विकास थापा, तर्कजोन गुरुङ र सचिव विष्णुकुमार श्रेष्ठले वोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...