नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ । पत्रकार महासंघको निर्वाचन कार्यतालिका अनुसार बिहिबार प्रदेश समितिको लागि मनोनयन दर्ताको मिति तोएिको थियो । अध्यक्ष पदमा प्रेस चौतारीको तर्फबाट दीपेन्द्र श्रेष्ठ, प्रेस यूनियनको तर्फबाट नारायणप्रसाद शर्मा, मोहनकुमार विष्ट(आरजु विष्ट सल्यानी) र एलपी बञ्जरा(लोकनाथ)ले मनोनयन दर्ता गर्नुभएको छ । केन्द्रीय समितिमा ११ संगठन सहित चुनावी मैदानमा उत्रेको काँग्रेस निकट प्रेस यूनियन, नेकपा माओबादी निकट प्रेस सेन्टरले गण्डकी प्रदेशमा भने आआफनै उम्मेदवार प्रस्तुत गरेका छन् ।
त्यस्तै उपाध्यक्ष खुल्लामा प्रेस चौैतारीका इन्द्रप्रसाद पौडेल, प्रेस सेन्टरका तर्फबाट दीपक भटराई र महिला उपाध्यक्षमा प्रेस चौतारीबाट शान्ति गुरूङ र सोनी शर्माको उम्मेदवारी परेको छ । त्यस्तै महासचिवमा गोविन्द सुवेदी र दिल शिरिषको उम्मेदवारी परेको छ । दुवै जना प्रेस चौतारी निकट भएपनि सुवेदी माधव नेपाल समुहका हुन भने शिरिष केपी ओली समुहका हुन् ।
त्यस्तै खुल्ला सचिवमा प्रेस यूनियनका ऋषिकान्त पौडेल, प्रेस चौतारीका प्रकाशचन्द्र भटराई र प्रेस यूनियनकै यदुनाथ बञ्जराले उम्मेदवारी दिएका छन् । समावेशी सचिवमा प्रेस चौतारीका रुदै श्रीस मगर र प्रेस यूनियनका सुशीलबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा प्रेस सेन्टरका राजेन्द्र न्यौपाने, प्रेस चौतारीका शालिकराम कोइराला र स्वतन्त्रबाट सागरराज तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशको खुल्ला सदस्यमा कृष्ण कँडेल, ताराप्रसाद शमाए, थम्मन थापा, परशुराम शर्मा आचार्य, प्रकाश डोटेल, प्रदीप पौडेल, भीमपाणी बराल, माधवप्रसाद अधिकारी, माधव पराजुली, रमेश बस्ताकोटी, लोकेन्द्रबहादुर सुनार, सुनिल पाण्डे र सुर्यप्रसाद बास्तोलाले उम्मेदवारी दिएका छन् । यता सदस्य महिलामा कविता श्रेष्ठ, रञ्जिता शर्मा, राधिका शर्मा कँडेल, रोशनी गुरूङ, स्मिता अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सदस्य दलितमा रविना बोहरा र साने बहादुर नेपाली(कोइराला)को उम्मेदवारी परेको छ ।
सदस्य आदिबासी जनजातीमा जनक श्रेष्ठ, विनाकुमारी थापा(विनु), रामजी राना, रुद्रबहादुर थापाको उम्मेदारी परेको निर्वाचन समितिले जनाएको छ । अल्पसंख्यक तर्फ पदम छन्त्याल र श्रीकान्त सापकोटाको उम्मेदवारी परेको छ भने मधेशी कोटामा उम्मेदवारी परेको छैन् ।विहान साँझ साँढे पाँच बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।