युवा संघ कास्कीको अध्यक्षमा पानबहादुर जि.सी

नेकपा एमालेको युवा संगठन राष्टिय युवा संघले आफना गतिविधिलाई आक्रामक बनाएको छ । सर्वोच्च अदालतले नेकपा एमाले ब्यूताएपछि नेकपा एमाले ओली समुह निकट युवा संघले केन्द्रदेखि जिल्लासम्म नेतृत्व चयनसंगै सगठन विस्तारलाई युद्धस्तरमा अगाडी बढाएको छ । युवा संघले संगठनलाई चुस्तदुस्त बनाउने क्रममा कास्कीमा जिल्ला कमिटिमा पदाधिकारी चयन गरेको छ ।

शुक्रबार सम्पन्न युवा संघ नेपाल जिल्ला कमिटीको बिस्तारित बैठकले अध्यक्ष लगायत पदाधिकारी चयन गरेको छ । बैठकले अध्यक्षमा पानबहादुर जि.सी, उपाध्यक्षमा रामचन्द्र तिमिल्सिना, सचिबमा कृष्ण अधिकारी, सह सचिबमा बिक्रम गुरूङ र कोषाध्यक्षमा देशभक्त के. सीलाई चयन गरेको छ । यता एमालेकै माधव नेपाल समुहले समानान्तर कमिटि गठन गरेको छ । युवा संघको केन्द्रीय कमिटिमा नेपाल समुहले छुटटै समिति बनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...