रेडियो अन्नपूर्णको रक्तदान कार्यक्रममा २४३ युनिट रगत संकलन

पोखरा,चैत २१ गते । रेडियो अन्नपूर्णको १९ औं वृहत रक्तदानकार्यक्रममा २४३ युनिट रगत संकलनभएको छ । शनिबार रेडियोकै प्राङ्गणमाआयोजनागरिएको रक्तदानकार्यक्रममा १९९ जनापुरुष र ४४ जनामहिलाले रक्तदान गरे । यस्तै नयाँ रक्तदाताको संख्या७६ रहेको छ । नेत्रहीन संघ कास्कीका १५ जना दृष्टिविहिनले समेत रक्तदान गरेकाछन् ।


रक्तदानकार्यक्रमको उद्घाटनगर्दै जिल्लाप्रशासनकार्यालय कास्कीकाप्रमुखजिल्लाअधिकारी (सिडीओ) थानेश्वर गौतमले रेडियोले रक्तदानकार्यक्रम गरेर सामाजिकउत्तरदायित्वबहन गरेको बताए । समाजमाभए गरेकाविकृतिविसंगतीलाई चिर्दै सही सचुना प्रसारण देखि समाजमाभएका समस्याका समाधानकालागि रेडियो अन्नपूर्णले महत्वपूर्ण भूमिकानिर्वाह गरेको उनले बताए ।

सहभागी सम्पूर्ण रक्तदातालाई धन्यवाददिँदै गौतमले रक्तदानजस्ताकार्यक्रमलाई आफुहरुले सामाजिक दुरी कायमगर्दै आयोजनागर्न दिएको जानकारी गराए । कोरोनामहामारीका बेलाबढीभीडभाडनगर्न उनको अनुरोध छ ।गण्डकीप्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङले सामाजिक परिवर्तनको अभियानमाविगत २० वर्षदेखि रेडियो अन्नपूर्ण अनवरत रुपले लागिरहेको बताए । मदेशमासितलहर आउँदा, सेतीमाबाढीआउँदा र पहाडमापहिरोले पुरिँदापीडित परिवारका राहतकालागि रेडियोले उल्लेखनियभूमिका खेलेको उनले बताए । रेडियो अन्नपूर्ण रक्तदानकार्यक्रमलाई उनले एक उत्सवका रुपमाव्याख्या गरेकाछन् ।

पोखरा उद्योग बाणिज्य संघकामहासचिव सुरेन्द्रमानबिजुक्छेले रेडियोले वर्षेनीआयोजनागर्दै आएको रक्तदानकार्यक्रमले धेरै नयाँ रक्तदाताजन्माएको उल्लेख गरे । हरेक क्षेत्रमा सक्रियभूमिकानिभाई आफुलाई एक सफल संचारमाध्यमका रुपमा परिचित गराउन सफल रेडियोको आफु समेत ठूलो प्रशंसक रहेको उनले बताए ।

रेडियोकाअध्यक्षविश्वशंकर पालिखेले विगत १९ वर्षदेखि रेडियोले रक्तदानकार्यक्रमलाई निरन्तरतादिँदै आएको जानकारी गराए । उनले सबैको साथ सहयोगले नै रक्तदानकार्यक्रमहालसम्मनिरन्तर आयोजनागर्दै आएको बताए । भविष्यमा समेत यसको निरन्तरताको अपेक्षाउनले गरेकाछन् ।

प्राइम सहकारी संस्थाकाअध्यक्षनिर्देश कोइरालाले रेडियो अन्नपूर्णसँग समन्वय गरी रक्तदानकार्यक्रमको आयोजनागर्न पाउँदाखुशीलागेको बताए । आगामीदिनमा समेत रेडियोसँगै सहकार्य गरेर अन्यकार्यक्रमको आयोजनागर्ने प्रतिबद्धताउनको छ ।नेपालइन्स्योरेन्स प्रोफेशनल सोसाइटीकाअध्यक्षकविराजपौडेलले रेडियोसँगको पहिलो सहकार्य सफल रुपमा सम्पन्नभएको बताए । उनले आफुले सोचे भन्दापनि राम्रो सहभागिताभएको प्रतिखुशीव्यक्त गरे ।

नेलेम्बो नेपालकाअध्यक्षयज्ञ प्रसाद देवकोटाले रक्तदानकार्यक्रममा स्वास्थ्य समाग्री सहयोग गर्न पाउँदाखुशीलागेको बताए । सहभागी रक्तदातालाई धन्यवाददिँदै देवकोटाले आगामी समयमापनि रेडियोसँगै सहकार्य गर्ने प्रतिबद्धताव्यक्त गरे ।

रेडियोका स्टेशनम्यानेजर संजयकुमार मल्लले रेडियो अन्नपूर्ण सँधै समाजसँगै साथमा रहेको दाबी गरे । समाजमाभएका हरेक गतिविधिहरुकाविषयमाजानकारी गराउने उद्देश्यस्वरुप रेडियो लागिपरेको उनको भनाई थियो । आगामी समयमापनि सम्पूर्ण स्रोताको माया, सदभावले नै रेडियोले आफ्नाकार्यक्रमलाई परिमार्जित गर्दै जाने उनले प्रतिबद्धताव्यक्त गरे।

१९ औं वृहत रक्तदानकार्यक्रमका संयोजक रेडियो अन्नपूर्णकर्मी दीननाथ बरालले रक्तदानकार्यक्रम सफल रुपमा सम्पन्नगर्न सहयोग गर्ने सम्पूर्ण संघसंस्थातथाव्यक्तिहरुलाई धन्यवाददिए । कार्यक्रममा रक्तसंचार केन्द्र रामघाटकाप्रमुखअर्जुन ज्ञवालीले कोरोनामहामारीका समयमापनिव्यवस्थितढंगले कार्यक्रमको आयोजना गरेको प्रति रेडियोलाई धन्यवाददिए । उनले यस्तो विषम् परिस्थितिमाभएको उल्लेखिय सहभागिताको कदर गर्दै स्वस्थव्यक्तिले रक्तदानगर्नुपर्ने तर्फ जोड दिए ।

रेडियो अन्नपूर्णको १९ औं रक्तदानकार्यक्रम सफलपार्न प्राइम सहकारी संस्थालि. पोखरा र नेपालइन्स्यारेन्स प्रोफेशनल सोसाइटी (निप्स) पोखरा च्याप्टरले सहकार्य गरेको छ । यस्तै विशेष सहयोगीमा सपनाआयूर्वेद प्रालि, लायन्स क्लवअफपोखरा गण्डकी दोभान (पोखरा), पोखरा इन्टरनेट प्रा.लि, लायन्स क्लवअफपोखरा सेन्टिनियलपोखरा, एरोलाइटएएसीब्लक, एक्टिभइन्स्टीच्यूटअफइन्फरमेसन टेक्नोलोजीचिप्लेढुङ्गा, बाजेको माछामहलशान्तिनगरचोक, व्याम्बो क्याटरीङ्ग सर्भिस ड्यामसाइड, कास्की नेत्रहीन संघ रहेको छ ।

प्रायोजन तर्फ डावर नेपालप्रालिले जुस, आर.एल.पीअण्डा सप्लार्यसका संचालक राजु पौडेलले अण्डा, पोखरा फ्रुट सेन्टर काठमाण्डौंका संचालक अमर बानीयाले फलफूल, नेलम्वो नेपालपोखरा ४ गैह्रापाटनले माक्स सेनीटाइजर, न्यू राष्ट्रियताछापाखाना भिमसेन टोल पोखराले प्रमाणपत्रछपाई, पेनगुइनमिनरल वाटर पोखरा २५ हेम्जाले पानी, तालवाराहीफार्मेसी र परिचित मेडिकल गैह्रापाटन पोखराले मेडिकल सामग्री, गण्डकीधौलागिरी पेट्रोलियमडिलर एशोसियसन र कृषिविकास बैंकका महेश पौडेल साथ रहेको थियो रहेकाछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...