हिंसा न्यूनिकरण गर्न महिला÷पुरुषको समान सहभागीता आवश्यक ःउपप्रमुख गुरुङ

पोखरा, चैत २९ गते । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महिला हिंसा न्यूनिकरणका लागि महिला र पुरुषको समान सहभागीता हुनुपर्नेमा जोड दिनुभएको छ ।

पोखरा महानगरपालिका वडा नम्वर २० ले आइतबार आयोजना गरेको महिला हिंसा विरुद्ध पुरुषको ऐक्यबद्धता समसचेतना कार्यक्रममा बोल्दै उहाँले पुरुषको सहभागीता विना हिंसा न्यूनिकरण गर्न सम्भव नभएको बताउनुभयो । महिला हिंसा विरुद्ध वर्षको एक पटक दिवस मनाउने गरिएको र त्यसमा पुरुषको सहभागीता नहुने गरेको बताउदै उहाँले भन्नुभयो,‘हिंसा न्यूनिकरण गर्न महिला र पुरुषसंगसंगै हुनुपर्छ भन्ने मान्यताले महानगरले कार्यक्रम सञ्चालन गरेको हो ।’

उहाँले पुरुषलाई पनि सहभागी गराएर मात्रै हिंसा न्यूनिकरण हुने बताउनुभयो । महिलाहरुले विश्वमै हिंसाबाट पीडित भएको बताउदै देश र ठाँउ अनुसार मात्रा धेरै र थोरै रहेको बताउदै भन्नुभयो, ‘पुरुष भन्दा बढि महिला हिंसामा पर्ने गरेका छन् ।आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रुपमा हिंसा हुने गरेका छन् ।’

 

वडा नम्वर २० का अध्यक्ष सिम गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा महानगरपालिका कार्यपालिका सदस्य मनबुजा बि.कले महिला हिंसा अन्त्यका लागि सबैले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महानगर समाजिक विकास महाशाखा महिला विकास अधिकृत विष्ण्ुामाया पौडेलले हिंसाका प्रकार, कानुनी व्यवस्था र महानगर कानुन महाशाखाका सोम लम्सालले न्यायिक समिति र त्यका क्षेत्राधिकार बारे सहजीकरण गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...