पोखरा, चैत २९ गते । पोखरामा एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपामा एक जना पक्राउ परेका छन् । १५ बर्षकी नावालिकालाई घरमा कोही नभएको अवस्थामा डरत्रास, धम्की दिई जबरजस्ती करणी गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्वर ४गणेशटोल बस्ने बर्ष २३ को ईश्वर श्रेष्ठलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

जबरजस्ती गरेको उजुरीका जाहेरीको आधारमा शनिबार धादिङ निलकण्ठ नगरपालिका वडा नं ९ घर भई हाल पोखराको गणेशटोल बस्ने श्रेष्ठलाई पक्राउ गरी जबरजस्ती करणी उद्योग मुद्धामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीे जनाएको छ ।