पोखरा, चैत ३० गते ।बाख्रा पालनको पकेट क्षेत्र पोखरा महानगरपालिका वडा नम्बर २० को मोहोरियामा एकदिने बाख्रापालन तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका पशुसेवा शाखाको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर २० को समन्वयमा व्यशायीक कृषकहरुलाई लक्षित गरी सेवा केन्द्र स्तरीय एकदिने स्थलगत बाख्रापालन तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सीम गुरुङले बाख्रापालन निर्वाहमुखी नभइ ब्यवशायीक रुपमा गर्नुपर्ने वताए ।

महानगरको बाख्रा पालनको पकेट क्षेत्रको रुपमा समेत चिनिने साविकको मौजा गाविस अन्तर्गत पर्ने आंटीघर र मोहोरियामा समुहगत मात्र नभइ ब्याक्तिगत रुपमा पनि व्यशावशायीक रुपमा बाख्रापालन गर्र्न स्थानियहरुलाई आग्रह गरे । ब्याक्तिगत रुपमा निर्वाहमुखी भन्दा ब्यवशायीक रुपमा गाउमानै बाख्रापालन गर्न सके युवाहरु समेत स्वरोजगार हुने र गाउ छोडेर जानुपर्ने बाध्यतात्मक स्थिती नआउने उनको भनाइ रहेको थियो ।
त्यस्तै पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले पोखरा महानगरभित्रको एकमात्र बाख्रापालन गर्ने कृषकहरुद्धारा सहकारी सञ्चालन गरेर कृषकहरुलाई व्यवशायीक बनाउने जमर्को संगै पोखरा महानगरको बाख्रापालनको पकेट क्षेत्र वनाउन पोखरा महानगरपालिका वडा नम्बर २० सक्षम भएको वताए । बाख्रापालन संगै कृषकहरुले आफ्नो आयआर्जनलाई बृद्धि गराउनका लागी खाली जग्गामा घांस खेती गर्न सके अझै उक्त क्षेत्रको कृषकहरुले ब्यवशायीक लाभ लिन सक्ने उनको भनाइ रहेको थियो ।
स्थानिय सरकार आएपछि साविकको मौजा गाविस अन्तर्गत पर्ने गाउहरुमा सडक स्तरोन्नती भइसकेको र गाउमा होम स्टे पनि खुलेकाले आगामी दिनमा आन्तरिक पर्यटकहरु समेत भित्रिने भएकाले कृषि पर्यटनको समेत निकै सम्भावना रहेको अधिकारीले वताए । मौजा बाख्रापालन कृषि सहकारीको अध्यक्ष दुर्गा बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका लेखा समिति संयोजक भीम बहादुर गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिएभने उक्त कार्यक्रममा ३० जना कृषकहरु सहभागीता रहेको थियो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २० का वडा सदस्य मोती प्रसाद पौडेल, पशु सेवा केन्द्र भलामका प्रमुख पुष्प अधिकारी, लगायतले आ आफ्नो धारणा राखेका थिए ।