पोखरामा आज मेयर सम्मेलन

पोखरा, चैत ३१ गते । पर्यटकीय शहर पोखरामा आज प्रथम राष्ट्रिय मेयर सम्मेलन हुदैछ । पोखरा महानगरपालिकाको आयोजनामा नयाँ वर्ष २०७८ सालको सुरुवातमै राष्ट्रिय मेयर सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलनको तयारी पुरा भएको छ । स्थानीय तहको निर्वाचनपछि पहिलोपटक मेयरहरूको राष्टिय सम्मेलन हुन लागेको हो ।


स्थानीय तहको निर्वाचन भएको बैशाखमा चार वर्ष पुग्दै छ । स्थानीय सरकारका प्रमुखहरू एकै ठाउँ भेला भएर सरकार सञ्चालनका प्रकृयामा सिकेका सिकाइ अनुभव एकापसमा साटासाट गर्नका लागि भेला महत्वपूर्ण हुने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको भनाई छ । स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेपछि भएका राम्रा काम र अनुभवहरुको आदान प्रदान गर्ने उद्देश्यले सम्मेलन गर्न लागे हौ प्रमुख जिसीले भन्नुभयो, ‘सम्मेलनले स्थानीयका प्रमुखहरुवीच आपसी भाइचारा अभिबृद्धिसंगै अनुभवन आदान प्रदान गरिने छ ।’ उहाँले पोखरा पर्यटकीय शहर भएकाले नयाँ वर्ष मनाउन पोखरा आउने अवसर सृजना गदै ७५३ वटै स्थानीय तहका प्रमुखहरुले आफना अनुभव आदान प्रदानको अवसर प्राप्त हुने बताइएको छ ।

भेलाका लागि महत्वपूर्ण एजेण्डा छैनन् तर कोरोनापछि सुस्ताएको पर्यटनलाई यसले राहत समेत दिने छ । देशभरका स्थानीय सरकारका प्रमुखहरुको जमघटले पोखराको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा आयोजक महानगरले गरेको छ । मेयर सम्मेलनको प्रमुख आकर्षण भने मेयर साइकल दौड रहने छ । महानगरले सो अवसरमा मेयर साइकल दौड प्रतियोगिताको समेत आयोजना गरेको छ । वातावरण जोगाऔं, स्वस्थ रहौं भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको पोखरा १३ का वडाअध्यक्ष एवं प्रतियोगिता संयोजक दर्शन लामाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...