ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस

३१ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...