मेयर साइकल दौडमा वालिङका मेयर खाँड प्रथम

पोखरा,बैशाख १ गते । प्रथम मेयर साइकल दौड प्रतियोगिताको उपाधि स्याङयाको वालिक नगरपालिकाका मेयर दिलिपविक्रम खाँडले जित्नुभएको छ । पोखराका फेवाताल किनार हल्लनचोकबाट सुरु भएको पाँच किलोमिटर दौड १५ मिनेट ३१ सेकेण्डमा पुरा गदै १० तोला चाँदीको मेडल, सम्मानपत्र र दोसल्ला प्राप्त गर्नुभयो ।

प्रतियोगितामा दोश्रो स्थान हुम्ला जिल्लाको नाम्खा गाँउपालिका मेयर विष्णुबहादुर लामाले प्राप्त गर्नुभयो । १५ मिनेट ३८ सेकेण्डमा निर्धारित दुरी पुरा गदै उहाँले सात तोलाको चाँदीको मेडल, प्रमाणपत्र र दोसल्ला प्राप गर्नुभयो । त्यस्तै प्रतियोगितामा कास्कीको माच्छापुच्छे गाँउपालिकाका प्रमुख करणबहादुर थापाले १६ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पुरा गदै दोश्रो स्थान प्राप्त गदै पाँच तोलाको चाँदीको मेडल, प्रमाणपत्र र दोसल्ला जित्नुभयो ।

पोखरा महानगरपालिकाको आयोजनामा पहिलो पटक भएको मेयर साइकल दौड प्रतियोगितामा विभिन्न नगरपालिका र गाँउपालिकाका गरी ९ जनाले प्रतियोगिका रुपमा सहभागीता जनाउनु भएको थियो । नेपाली नयाँ वर्षको अवसरमा स्थानीय सरकारका प्रमुखरुलाई एकै ठाँउमा जम्मा गरेर अनुभव आदान प्रदानसंगै वातावरणमैत्री विकासलाई प्राथमिकता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...