पोखरा, बैशाख २ गते ।पोखरा म.न.पा. वडा नं. ८ स्थित नागढुङ्गा विकास समाजले नववर्ष २०७८ को उपलक्ष्यमा एक कार्यक्रम आयोजना गरी नववर्षको शुभकामना आदानप्रदान, क्यालेण्डर विमोचन तथा उत्कृष्ठ कौशी कृषकलाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि रुद्रनाथ बरालले नागढुङ्गा विकास समाजले उदाहरणीय काम गरेको बताउँदै कौशीखेती प्रवद्र्धन, सि.सि.क्यामरा जडान, सरसफाई, सचेतना जस्ता कार्यक्रम मार्फत वडा कै प्रतिष्ठा बढाएको धारणा राख्नुभयो ।विशेष अतिथिसशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण ढकालले विगत ९ वर्षदेखि समाज सुधारको क्षेत्रमा लागिपरेको बताउनुभयो । वडा सदस्य लक्ष्मी कौशलले नागढुङ्गा विकास समाजले विकास निर्माण र समाज सुधारको क्षेत्रमा उल्लेख्य काम गरेको बताउनुभयो ।
व्यानरमा हस्ताक्षर गरी प्रारम्भ भएको कार्यक्रममा प्रमुख अतिथि लगायत विशेष अतिथिले संयुक्त रुपमा क्यालेण्डर विमोचन गरी कार्यक्रमको गद्घाटन गर्नुभएको थियो । कार्यक्रममा समाज सम्बद्ध १५ जना उत्कृष्ठ कौशी कृषकलाई सम्मान सहित ५।५ किलो अर्गानिक मल पुरस्कार प्रदान गरिएको थियो । यसअघि केशवराज ढकाल संयोजक रहेको कौशीखेती अनुगमन तथा मूल्यांकन उपसमिति गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी सेवामा बरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा हुनुभएका स्थानीय कृष्ण ढकाल, अर्थ संकलन उपसमिति संयोजक दुर्गा गुरुङ र कौशी खेती अनुगमन संयोजक सम्मान गरियो ।
यसैगरी श्रीयान फार्मेसीका दिलिप पोखरेललाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । यस अतिरिक्त क्यालेण्डर प्रायोजकलाई समेत खादाबाट सम्मान गरिएको थियो । कार्यक्रममा नागवेली टोल विकास संस्थाकी अध्यक्ष शारदा गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने उपाध्यक्ष नन्दप्रसाद बरालले स्वागत मन्तव्य राख्नुभएको थयिो । कार्यक्रमको संचालन सचिव गुरुप्रसाद शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै कानुनी सल्लाहकार भीमनाथ बरालले सामाजिक ऐक्यवद्धता, पारदर्शीता, विकास निर्माण, स्थानीय सहभागिता, सम्बद्ध कार्यालयसँगको आवद्धता तथा सहयोग, सचेतना जस्ता विषयमा अनुकरणीय काम गर्दै समाज सुधारको क्षेत्रमा आफ्नो मूल्य स्थापित गर्न प्रयत्नशील रहेको बताउनुभयो । अन्त्यमा संस्थाका अध्यक्ष डम्मरराज सुवेदीले मन्तव्य राख्दै नागढुङ्गा विकास समाजको भावना अनुसार अघि बढ्न प्रतिबद्ध रहेको र यसमा सदैव समाजका सदस्यको साथ रहने अपेक्षा रहेको बताउनुभयो । साथै आर्थिक पारदर्शीता कायम गर्दै उपलब्ध सहयोगको उचित परिचालन गरिने प्रद्धिता व्यक्त गर्दै सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको थियो ।