
देवचुलीका वरिष्ठ उपाध्यक्ष सत्यनारायण भुषालले उद्योग वाणिज्य संघहरुबीच भाइचाराको सम्बन्ध हुनुपर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव केशवबहादुर खत्रीले कोभिडको दोस्रो लहर सुरु भएकाले सचेततापूर्वक व्यापार÷व्यवसाय गर्न व्यवसायीहरुसँग आग्रह गरे ।अन्तरक्रियामा सामेल दुबै उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुले सहकार्य र उद्योग÷व्यवसायीका समस्याबारे आ–आफ्ना धारणा राखेका थिए ।