पोखरा, बैशाख ६ गते ।पछिल्ला चौबिस घण्टामा गण्डकी प्रदेशमा ६६ नयाँ ंक्रमित थपिएका छन् ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार सार्वजनीक गरेको पछिल्लो विवरण अनुसार २०७ जनाको स्वाब परिक्षण गर्दा ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट गण्डकीमा एकजनाको मृत्यु भएको छ ।गण्डकी प्रदेशमा सोमबार २७ जना कोरोनामुत्त भएका छन् । गण्डकीमा हालसम्म १७२१ जना संक्रमित पुगेका छन् भने ५५२ जना सक्रिय सक्रमित रहेका छन् । गण्डकीमा कोरोना संक्रमणबाट अहिलेसम्म २०८ जनाको ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।