राष्ट्रियसभा सदस्यका लागि जेठ ६ मा उपनिर्वाचन

काठमाडौं, बैशाख ९ गते । निर्वाचन आयोगले उपनिर्वाचनको प्रक्रिया अगाडी बढाएको छ । राष्ट्रिय सभा सदस्यको रिक्त एक पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ ।

मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...