बाँकेमा उपचाररत तीन संक्रमितको मृत्यु

काठमाडौं, १२ वैशाख । बाँकेमा २४ घण्टाको अन्तरालमा कोरोना संक्रमित थप चार जनाको मृत्यु भएको छ ।

कोहलपुरस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो भने होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका हुन् ।

कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन् । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...